
वरिष्ठ साहित्यकार नारायण गोदारेको निधन भएको छ । लामो समयबाट मुटु तथा मिर्गौला रोगले पीडित गोदारेको उपचारको क्रममा निधन भएकाे हाे ।
माघ ७ गते (आइतबार) राति ९ बजेर ४ मिनेटमा चाबहिलस्थित मेडिकेयर अस्पतालका डाक्टरहरूले गोदारेकाे निधन भएको जनाएका थिए ।
साहित्यकार गोदारेको ‘मातृ’ कवितासङ्ग्रह २०५१, ‘गजडी भङ्गी’ खण्डकाव्य २०५२, ‘सवयात्रा जारी छ’ कवितायात्रा २०५७, ‘सिद्धिचरण एक र अनेक’ खण्डकाव्य २०५८, ‘अनाहकका उद्गारहरु’ २०५९, ‘स्वराष्ट्रका वीरेन्द्र’ महाकाव्य २०५९, ‘कूलचन्द्र र स्मृति’ खण्डकाव्य २०६० र ‘फूल’ खण्डकाव्य २०६० प्रकाशित छन् ।
गोदारेका करिब आधा दर्जन कृतिहरू अप्रकाशित रहेको छन् ।
बीडी त्यागी स्मृति सम्मानबाट समेत सम्मानित ७५ वर्षीय गोदारेका श्रीमती, एक छोरा र एक छोरी छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
