कवि तथा गजलकार खेम बगरको गजलसङ्ग्रह ‘आँखा’ लोकार्पण गरिएको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रमका बिच बगरको पहिलो गजलसङ्ग्रह ‘आँखा’को लोकार्पण गरिएको हो ।
गजलसङ्ग्रह ‘आँखा’को आवरणमा विक्रम शिशिरको कला रहेकाे छ । त्यस्तै, लेआउट भिष्मप्रसाद उपाध्यायले गरेका छन् भने भाषा सम्पादन जुम्लाका पत्रकार महेश नेपालीले गरेका छन् ।
सुदूरपश्चिमको अछामका गजलकार बगर पछिल्लो समयमा नेपाली साहित्यमा एक स्थापित गजलकार एवम् कवि हुन् । काबु क्रिएशनद्वारा प्रकाशित गजलसङ्ग्रहमा बगरका १ सय १ गजल समावेश छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला