अमृत क्षेत्रीको एकल वाचन तथा यादको कोलाजमाथि चर्चा कार्यक्रम हुने भएकाे छ । पोखराका युवा कवि तथा निबन्धकार अमृतको हेटौँडामा सो कार्यक्रम हुने भएको हो ।
‘फर्क अभियान’ले सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रम माघ ५ गते अपराह्न ४ बजे साहित्य सङ्गम मकवानपुरको सभाहलमा हुनेछ ।
कार्यक्रममा कवि निमेष निखिलले कवि अमृतको पछिल्लो सङ्ग्रह यादको कोलाजमाथि समीक्षात्मक टिप्पणी राख्नुहुने छ । यसैगरी कार्यक्रममा कवि क्षेत्रीले आफ्ना एक दर्जन कविता वाचन गर्नुहुने फर्क अभियानका अभियन्ता सागर तिमल्सिनाले जानकारी दिनुभयो ।
पछिल्लो समय केही युवाहरूको सहभागितामा फर्क साहित्यिक अभियान चलिरहेको छ । यसले आफ्नो पहिलो कार्यक्रमका रुपमा कवि क्षेत्रीको एकल वाचन आयोजना गर्न थालेको अभियन्ता बैकुण्ठ लामिछानेले बताउनुभयो ।
फर्क अभियानमा कवि अमृत क्षेत्री स्वयम् एक अभियन्ताका रुपमा सक्रिय हुनुहुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।