भक्तपुर । कवि एवं कथाकार विवेक शर्मा गौतमको लघुकथा कृति जेई भर्खर प्रकाशित भएको छ । यस अघि उनको बाल साहित्यको कृति विज्ञानको चमत्कार प्रकाशित भएको थियो । कविता निबन्ध, संस्मरण र नियात्रा लेखनमा रुचि राख्ने स्रष्टा शर्माको यो पहिलो लघुकथा कृति हो ।
जेई अर्थात् आमालाई समर्पण गरेर लेखिएका लघुकथाहरु बारे स्रष्टाहरु धु्रव मधिकर्मी, शेखरकुमार श्रेष्ठ, लता केसी र डा. कुसुमाकर शर्मा (क्यानाडा)ले मन्तव्य तथा शुभकामना व्यक्त गरेका छन् ।
सिर्जना अभियान समाजले प्रकाशित गरेको सो कृतिमा विभिन्न अवसर र परिवेशमाथि लेखिएका एकाउन्न वटा समसामयिक विषयका लघुकथा संग्रहित छन् । जेई (आमा), तीन दृश्य, हाइब्रिड शहर, व्रत, जादूगर, ट्यूशन, चुलोबाटै परिवर्तन, अटैची, मिठाई आदि समसामयिक सन्दर्भका लघुकथाहरु पाठकबाट विशेष मन पराइएका छन् ।