अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले नयाँ वर्ष २०२४ को अवसरमा कविता कन्सर्टको दोस्रो शृङ्खला आयोजना गर्ने भएको छ । च्याप्टरको हालै निर्वाचित नयाँ कार्यसमितिले पहिलो कार्यक्रमस्वरूप कविता कन्सर्ट गर्न लागेको हो ।
जापानमा रहेर लामो समयदेखि नेपाली कविता विधामा सक्रिय रहेका चार कविहरूले आफ्ना उत्कृष्ट कविताहरू वाचन गर्नेछन् । कन्सर्टमा जयन्ती मगर सहगम, शरद पोख्रेल, बैकुण्ठ भट्ट र सविना रेग्मीले आ आफ्ना प्रस्तुति दिनेछन् ।
संस्थाले आफ्नो ६८ औँ नियमित साहित्य शृङ्खलाको रूपमा यस कार्यक्रमलाई अगाडि सारेको छ । जनवरीको २८ तारिख आइतवार दिउँसो २ बजेबाट टोकियोको सोलमारी मुरा हलमा हुने उक्त कार्यक्रममा सम्पूर्णलाई प्रवेश निःशुल्क गरिएको छ ।
कविता कन्सर्टमा उपस्थित भएर निःशुल्क साहित्यिक रसस्वादन गर्नका लागि टोकियो आसपासमा रहने सम्पूर्ण नेपाली साहित्यप्रेमीहरूलाई निमन्त्रणा समेत गरिएको संस्थाका अध्यक्ष अरुण पौडेलले जानकारी गराए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।