

रमा खतिवडा
नेपाली छन्दकवितालाई व्यापक बनाउने उद्देश्यले साहित्यपोस्टले गण्डकी प्रदेशको छन्दकविता संयोजकमा छन्दकवि रमा खतिवडालाई चयन गरेको छ ।
माता निर्मला दाहाल र पिता लेखनाथ दाहाल कोखबाट वि.सं.२०३८ भोजपुरमा जन्मनु भएकी कवि खतिवडाको नेपाली छन्दकविताको क्षेत्रमा कला र गलाले अरूभन्दा भिन्नै पहिचान बनाउन सफल हुनुहुन्छ ।
हाल गण्डकी प्रदेशको पोखरास्थित नयाँ बजार बस्दै आउनुभएको छ ।
मक्तक, गजल र छन्दकविता कलम चलाउँदै आउनु भएकी खतिवडा सामाजिक सञ्जालमा अत्यन्तै रुचाइएकी छन्दकविको रूपमा पर्नुहुन्छ । थुप्रै रचना सिर्जना गरिसकेकी खतिवडा निकट भविष्यमै पुस्तक प्रकाशन तयारीमा लाग्नुभएको छ । धेरै सम्मानबाट सम्मानित खतिवडा नेतृत्वदायी भूमिका निभाउन सक्ने कविका रूपमा नेपाली साहित्यमा चिनिनु हुन्छ । उहाँ गण्डकी प्रदेशको सक्रिय कविका रूपमा गनिदै आउनुभएको छ ।
नेपालमा छन्दमा कविता लेख्ने प्रचलन प्रायः हराउँदै गएको परिप्रेक्ष्यमा साहित्यपोस्टले यसको पुनर्जागरणका लागि विशेष पहल गरिरहेको छ । अहिले हरेक बिहीबार हप्तामा “तीन छन्द कविका तीन कविता” प्रकाशनमा आएको छ । यसको नेतृत्व साहित्य पोस्टका छन्दकविता सम्पादक यम रेग्मी गर्दै आउनु भएको छ ।
प्रत्येक प्रदेशमा संयोजक चयन गरिनुको मुख्य उद्देश्य मोफसल रहेका प्रतिभालाई मूलधारको पत्रिका ल्याउने, छन्दकवितासम्बन्धी पाठशाला चलाउने, समग्र रूपमा नेपाली छन्द कविता विकास गर्ने उद्देश्य पहिलो चरणमा रहे पनि पछिल्लो चरणमा छन्दकविताप्रति पाठकको अत्यधिक माग हुनु, छन्द कविताप्रतिको पाठकको अथाह माया, व्यापक मात्रामा साहित्यपोस्टमा छन्दकविता प्राप्त, पाठकको धेरै मात्रामा साथ, सहयोग, उत्प्रेरणा र विश्वास देखिएकाले यसलाई विशाल तरिकाले सञ्चालन गरिएको साहित्यपोस्टका छन्दकविता सम्पादक रेग्मीले बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

