
नेपाल प्रज्ञा प्रतिष्ठाले साहित्यिक पत्रकार रोचक घिमिरेलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
पुरस्कृत साहित्यिक पत्रकार घिमिरेले २०१८ सालदेखि हालसम्म ‘रचना’ साहित्यिक द्वैमासिक प्रकाशन तथा सम्पादन गर्दै आएका छन् भने श्रेष्ठ २००८ सालदेखि प्रकाशित नेपालाभाषाको ‘थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालमा आबद्ध भई सम्पादक तथा प्रकाशक रहँदै आएकी छिन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले यसै वर्षबाट यो पुरस्कार प्रदान गर्न सुरू गरेको हो । पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।
एक कार्यक्रमका बिच प्रतिष्ठानका कुलपनि भूपाल राईले साहित्यिक पत्रकार द्वयलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा कुलपति राईले साहित्यिक पत्रकारिता सम्पूर्ण भाषासेवी र स्रष्टाहरूको बौद्धिक उत्पादनशाला भएको बताए । राईले भने, ‘मुलुकको भाषा, साहित्यका स्रष्टा उत्पादन गर्ने पत्रिका सम्पादन र प्रकाशन गर्न जीवन अर्पण गर्ने धरोहर व्यक्तिको योगदानलाई चम्काउन यो पुरस्कार स्थापना गरी प्रदान गरिएको हो ।’
प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ बाबा बस्नेत, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, चेतनाथ धमलालगायतले चर्चा गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

शब्दकोशमा भाँडभैलो : सच्चिएनन् जाति विशेषले अपमान ठानेका शब्द (सिफारिस)

‘नेपाली बृहत् शब्दकोश २०७९’ परिमार्जनका लागि प्रज्ञा प्रतिष्ठानद्वारा सुझाव माग
