हेटौंडामा नवपुस्ताका सर्जकलाई सिर्जनात्मक लेखन कार्यशाला सञ्चालन गरिएको छ । नवसर्जक सहित्य चौतारी नेपालको आयोजना तथा ४ नम्बर वडा कार्यालय, हेटौंडा उपमहानगरपालिकाको सहयोग र प्याब्सन मकवानपुरको सहकार्यमा सो कार्यशाला सञ्चालन भएको हो ।
उक्त एक दिने कार्यशाला चौतारीकी उपाध्यक्ष कृतिका लौडारीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका – ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यशालाको सहजीकरण अग्रज साहित्यकार, समालोचक तथा अभियन्ता प्राध्यापक देवी नेपालले गरेका थिए ।
सिर्जनात्मक लेखन कार्यशालामा मकवानपुरका सामुदायिक तथा संस्थागत गरी ३५ वटा विद्यालयका ३ सय जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यशालाको ३ घण्टाको अवधिमा ८० जनाभन्दा बढी विद्यार्थीले कविता लेखेर सुनाएका थिए ।
कार्यशालामा सहयोगी निकाय वडा नम्बर- ४ का सदस्यहरू गीता त्रिपाठी, जेन श्रेष्ठ, संस्थाका सल्लाहकार तथा पुरस्कार संस्थापकहरू रमेशमोहन अधिकारी, डिबी बर्तौला, विष्णु न्यौपाने, अर्चना दाहाल, प्रभा पौडेल, पुरूषोत्तम आचार्य, हरिकृष्ण काफ्ले, विष्णुप्रसाद अधिकारी, मसान उपासक, तुलसी घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, मकवानपुरका साहित्यिक संस्थाहरू साहित्य सङ्गम, झरना साहित्यिक परिवार, सिस्नुपानी नेपाल, प्रगतिशील लेखक सङ्घ, मातृभूमि साहित्य समाज, गजल मञ्च, आँचल साहित्य कला पुञ्ज, मुक्तक मञ्च, बुढ्यौली साहित्य समाज, नेपाली लेखक सङ्घ, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानलगायत सङ्घसंस्थाका प्रतिनिधिले समेत कार्यशालमा सहभगिता जनाएका थिए ।
प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, वडाध्यक्ष सिग्देललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थी पुस्तक पसल हेटौंडाका सञ्चालक पुष्कल नेपालले आवश्यक सामग्री सहयोग गरेका थिए ।
माघ ६ गते शनिबारदेखि तेस्रो चरणको अनलाइन साहित्यिक प्रशिक्षण अभियानलाई पुनः सञ्चालन गरिने आयोजकले जानकारी गराएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।