साहित्यपोस्टको छन्द कविता लुम्बिनी प्रदेश छन्दकविता संयोजकमा कवि हरिप्रसाद पौडेल “स्वर्ण शिखा”लाई चयन गरिएको छ ।
माता लक्ष्मी पौडेल र पिता: स्व. बुद्धिराम पौडेल कोखबाट २०३१ भाद्र गुल्मी भनभने जन्मनुभएका स्वर्णशिखा लामो समयदेखि घोराही उपमहानगरपालिका -१५ दाङ बस्दै आउनुभएको छ ।
त्रि. वि.बाट स्नातकोत्तर स्वर्णशिखा हाल नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठ बिजौरी दाङमा उप-प्राध्यापक रहनुभएको छ ।
“सय थुङ्गा” ( गजल सङ्ग्रह २०७६ ) “झाडु” ( गद्यकविता सङ्ग्रह २०७८ )Hundred Antipodes (अंग्रेजी कविता सङ्ग्रह २०७८), कोराभित्रका व्यथाहरू ( खण्डकाव्य २०७९ ), शिखारोहण ( गजल सङ्ग्रह, २०८० ) लगायत आधा दर्जन जति पुस्तक प्रकाशित गर्नुभएका शिखाका सयपत्री (गजल संग्रह),स्वर्णानुभूति ( गजल सङ्ग्रह ) “व्यासोवाच” ( छन्दकविता सङ्ग्रह) परिवेश बोल्छ (कथा सङ्ग्रह )प्रकाशोन्मुख कृतिहरू रहेका छन् ।
चक्रपाणि- लक्ष्मी -लोकेश्वरी स्मृति छन्द पुरस्कार २०७६, नारायण सल्यानी साहित्य पुरस्कार २०७९ लगायत पुस्कारबाट पुरस्कार सम्मानित स्वर्णशिखा राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङ सदस्यमा समेत रहनुभएको छ ।
अनलाइनका माध्यममार्फत विभिन्न छन्द लेखनसम्बन्धी पाठशालाहरू सञ्चालन गर्दै आउनुभएका शिखा नेपाली साहित्यमा छन्द कविका रूपमा सुपरिचित रहनुभएको छ ।
नेपालमा छन्दमा कविता लेख्ने प्रचलन प्रायः हराउँदै गएको परिप्रेक्ष्यमा साहित्यपोस्टले
कसरी यसलाई पुनर्जागरणमा ल्याउन सकिन्छ भन्ने हेतुले ९ महिना अगाडि नयाँ वर्षको दिन पारी विशेष अभियान सञ्चालन गरिरहेको छ । हप्तामा तीन जना छन्दकविका तीन कविता प्रकाशन गर्ने हेतुका साथ आयोजना गरिएको यस अभियानको संयोजक तथा साहित्यपोस्टका छन्द कविता सम्पादक यम रेग्मी गर्नुभएको थियो ।
प्रत्येक प्रदेशमा संयोजक चयन गरिनुको मुख्य उद्देश्य दूरदराजमा रहेका प्रतिभालाई मूलधारको पत्रिका ल्याउने, हराउँदै गएको छन्द कवितालाई जोगाउने, छन्दप्रति पाठकको अत्यधिक माग हुनु,समग्र रूपमा नेपाली छन्द कविताको विकास गर्नु रहेको केन्द्रीय संयोजक रेग्मीले बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।