वानीरा फाउन्डेसनले एक साथ चार विविध कृतिहरूकाे विमोचन गरेकाे छ ।
वानीरा फाउन्डेसनको आयोजनामा एक कार्यक्रमका बिच नरेन्द्रराज प्रसाईँद्वारा लिखित तथा अणुराज जोशीबाट अङ्ग्रेजी भाषामा अनुदित ‘प्रेमा शाह’ नामक जीवनीकृति, डा. ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त’, नारायणप्रसाद मिश्रबाट रचित कवितासङ्ग्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईँद्वारा लिखित ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ नामक जीवनीकृति विमोचन गरिएकाे हाे ।
वानीरा फाउन्डेसन संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीलगायत मञ्चमा रहेका ७ जनाले संयुक्त रूपमा कृतिहरूकाे विमोचन गरेका हुन् ।
विमोचनपश्चात् अनुवादक अणुराज जोशी तथा डा. अनिष मुडभरीले लोकार्पित कृतिहरूबारे मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको शुरुमा डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएको थियो ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरु र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।