अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले लव गाउँले र बद्री दुर्गा खरेललाई सम्मान गरेकाे छ । आफ्नो स्थापना दिवसकाे अवसरमा अनेसास नेपाल च्याप्टरले गाउँले र खरेललाई सम्मान गरेकाे हाे ।
यसै वर्षदेखि अनेसासले ११ जनवरीलाई अनेसास स्थापना दिवस मनाउने निर्णयबमोजिम अनेसास नेपाल च्याप्टरले कार्यक्रम आयोजना गरी दुई स्रष्टालाई सम्मान गरेको हो ।
सम्मानित गाउँले अनेसास नेपाल च्याप्टरका प्रथम अध्यक्ष हुन् भने दार्जिलिङका खरेल लोकप्रिय गायक तथा गीतकार हुन् ।
कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले गाउँले र खरेललाई सम्मान प्रदान गरेका थिए ।
अनेसासको स्थापनाअघि लव गाउँले अमेरिकामा अध्ययन भ्रमणको सिलसिलामा रहेका थिए र अनेसासका प्रथम केन्द्रिय अध्यक्ष होमनाथ सुवेदी र उनले यो संस्था स्थापनाको विषयमा छलफल गरका थिए ।
अमेरिकामा अनेसास स्थापना हुँदाताका नै लव गाउँलेले नेपाल च्याप्टर स्थापना गरेका थिए । निकै लामो समय उनी नेतृत्वमा समेत रहे । उनी अध्यक्ष भएकै बेला अनेसासको मुखपत्रको नेपाल विशेषाङ्क नेपालबाट प्रकाशन भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।