प्रतिक्षित फिल्म ‘गाउँ आएको बाटो’ स्वीडेनको गोटेन्बर्ग फिल्म फेस्टिभलमा छनौट भएको छ । यसअघि टोरोन्टोमा वर्ल्ड प्रिमियर भएको यो फिल्मले घरेलु प्रदर्शनको तयारी थाल्दै गर्दा गोटेन्बर्गमा लागि समेत छनौट भएकाे हो ।
आमोद राई निर्माता रहेको यस फिल्ममा अभिनेता दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, केशव राई र राज थापाको अभिनय छ । महेश राई र निर्देशक सुब्बा मिलेर फिल्मको पटकथा लेखेका हुन् ।
जोस हेरमले खिचेको यो फिल्म यसअघि बुसान, साओ पाउलो, भारतको जिओ मामी मुम्बई फिल्म फेस्टिभललगायतमा पुगेको थियो ।
गोटेन्बर्गले नवीन सुब्बा निर्देशित यो फिल्मलाई एक परिवारको जीवन्त कथा भनेको छ । फिल्म जेठ १८ देखि नेपाल प्रदर्शनमा आउने भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला