साहित्यपोस्ट
अर्चना थापाद्वारा सम्पादित कृति ‘स्मृतिकथामा सत्त्व’ बजारमा आएको छ । यसमा विगतको स्पन्दन , छुवाछूतको दलन र सत्त्व पहिचान एवम् आत्मसम्मानको लागि गरिएको सङ्घर्ष बारेमा बयान गरिएकाे छ ।
स्मृतिकथाहरूमा आफन्तबाट पाएका पीडावृत्तान्त छन् । सामाजिक विसङ्गतिप्रतिको आक्रोश र यथास्थितिप्रतिको विरोध गरिएको छ ।
यसमा मानिसले भोगेका विभेद, कुसंस्कार, कुरीति, अन्याय र अत्याचारप्रतिको विरोध छ । स्मृतिकथाहरूमा सहअस्तित्वको चाहना छ र आफूले लिएका निर्णयहरूको बयान, समीक्षा र आलोचना छ ।
यसमा समय, समाज विश्वास, व्यवहारका सम्बन्धका आयामहरुलाई पनि समावेश गरिएको छ । कृतिमा समेटिएका स्मृतिकथाहरू सर्भाइभलका कथा हुन् ।
कृतिमा विभिन्न लेखकका २४ वटा कथाहरु समावेश गरिएका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साहित्यपोस्ट
आश्विन २३, आइतवार २०:३५