काठमाडौं । नेपाल स्रष्टा समाजले साताव्यापी कार्यक्रमको समापन गरेको छ । समाज स्थापनाको १७ औं वार्षिकोत्सवको अवसर पारेर पुस १३ देखि १९ गतेसम्म विभिन्न कार्यक्रम आयोजन गर्दै समीक्षा गोष्ठीमार्फत मैझारो गरेको हो ।
काठमाडौंमा आयोजित गोष्ठीमा समाजका सल्लाहकार तथा प्रमुख अतिथि साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले साहित्यमा भाषा एकरूपताका लागि समाजले विशेष रूपमा सक्रिय हुनुपर्ने बताए ।
शर्माले भने, “साहित्यिक पत्रकारिता मात्रै होइन, समग्र पत्रकारिताको भाषा खत्तम भएको छ । तसर्थ भाषा शुद्धिकरणका लागि समाजले एउटा विशेष समिति बनाएर राज्यसँग वार्ता गरोस् । यो नै समाजका लागि ऐतिहासिक काम हुनेछ ।”
कार्यक्रममा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले आफूहरूले सात दिनसम्म कार्यक्रम गर्ने चुनौती स्वीकार गरेको बताउँदै सबैबाट सहयोग मिलेको उल्लेख गरे ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
पुष १३, शुक्रबार २२:५९