साहित्यपोस्ट

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको मनोनित केन्द्रिय सदस्यमा अष्ट्रेलियाका महेश्वर शर्मा र बेलायतकी माया गुरूङ मनोनित भएका छन् । समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

अनेसासको संसोधित विधान अनुरूप हालै १५ सदस्यीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको थियो । विधान अनुरूप एक जना अनिवार्य महिला सदस्यसहित दुई सदस्यको मनोनयन गरिएको हो ।

मनोनित सदस्य शर्मा सन् २००८ देखि अष्ट्रेलियामा बसेर नेपाली भाषा र साहित्यको सेवामा सक्रिय छन् । सन् २०१५ मा अनेसासको सदस्यता लिएका शर्माले सिडनी च्याप्टरमा महासचिव र अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनको कविता सङ्ग्रह ‘प्रवासका जूनहरू’ प्रकाशित छ ।

त्यसैगरी सन २००१ देखि बेलायत बसेर विभिन्न पत्रपत्रिकामा कविता प्रकाशित गर्दै आएकी मनोनित सदस्य गुरुङले दुई कार्यकाल बेलायट च्याप्टरमा सदस्यका रूपमा बसेर कार्य गरेकी छिन् । उनको कविता सङ्ग्रह प्रकाशोन्मुख छ ।

मनोनित सदस्यको कार्यकाल दुई वर्षको रहनेछ ।