जिन्दगी विशेष झिल्का लेखन शृङ्खला शनिबार सम्पन्न भएको छ । झिल्का साहित्य समाज, नेपालको आयोजनामा फेसबुक समूह मार्फत सञ्चालित उक्त शृङ्खलामा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूमा रहनुभएका ४० जना झिल्काकार/साहित्यकारहरूको सहभागिता रहेको थियो ।

झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो। जुन तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू गरेर जम्मा नौ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

यसका तीन हरफहरूमध्ये पहिलो र तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

🌹झिल्का कविता लेखन अभ्यास शृङ्खला- १🌹

सङ्कलन/सम्पादन/संयोजनः वसन्त अनुभव

[१]
१)
काेरिया जाने सपना
समाप्त भयाे जिन्दगी,
सरकार देखेँ थपना !
२)
बन्नुहुँदैन है बेताले
नरक बन्छ जिन्दगी,
घमण्ड रिस डाहाले !
३)
जिन्दगीकाे निभ्याे दियाे
दैवले दिएकाे कर्म,
भत्काउने आफैँ थियाे !
✍️
तारा प्रसाद चापागाईँ
धुनिबेसी
~~~~~~~~~~~~~~~~~~
[२]
१)
रहनु सकारात्मक सम्झेर
जीवनकाल बहुमुल्य हुन्छ,
नबस्नु कहिल्यै गम्केर !
२)
माया खास हुन्छ
आमाकै आँचलमा हुर्किँदा,
स्वर्गको आभास हुन्छ !
३)
गाउँबेसी धाउँदैन नराेए
बेथितिले प्राण गयो,
छोरो आउँदैन नराेए !
४)
घाँटीले हाड निल्दैन
विचार पुर्‍याऊ साथी,
जिन्दगी त्यसै मिल्दैन !
५)
नसोच साथी कर
सहज बनाउन सधैँ,
जिन्दगीमा चाहिन्छ भर !
३)
किताबको जस्तो गाता
एकार्काको बलियो सम्बन्ध,
तोड्नहुन्न है नाता !
✍️
प्रेम थापा “मन”बागलुङ
~~~~~~~~~~~~~~~~~~
[३]
१)
गाउँदेखि जान्छ सहर
यात्री बनेर पुग्छ,
अनेकौँ बोकी रहर !
२)
तृष्णाको मात्र खानी
जस्तोसुकै आओस् परिस्थिति,
अघि बढ्ने बानी !
३)
हार्दैन हिम्मत साथी
ओझेल पार्छ तनाव,
टेकेर दुःख माथि !
४)
हिउँद अनि बर्खा
सफर गरिरहन्छ मन,
सङ्घर्षको चलाएर चर्खा !
५)
औँसीको रात भुलेर
जुनेली रातको पर्खाइमा,
आशाको रङ्गमा घुलेर !
६)
छिचोल्छ आएको मरुभूमि
दैवको उपहार सम्झेर,
जिउँछु खुसीले झुमी !
७)
आउँदा बाढी पहिरो
हरेस खाँदैन कहिले,
लाग्दा चोट गहिरो !
✍️
पृथक प्रकृति,झापा
~~~~~~~~~~~~~~~~~~
[४]
१)
जिन्दगी कर्कलाको पानी
क्षणिक छ भन्दाभन्दै,
बित्दोरहेछ मान्छेको जवानी !
२)
गर्नुपर्छ सधैँ सत्कर्म
बिर्सनु हुँदैन कहिल्यै,
मान्छेले आफ्नो धर्म !
३)
शुद्ध हुनुपर्छ मन
अरूको भलाइ गर्नेको,
राम्रै हुन्छ जीवन !
✍️
बाबुराम पाण्डे
शीतगंगा १० अर्घाखाँची
~~~~~~~~~~~~~~~~~~
[५]
लुकेर कुकर्म नगर्नू
अन्याय सहेर बसेका,
बोकेर पीडामा नभर्नू !
२)
कतिको हुँदैछ किचलो
बाध्यता सहदै बसेका,
गरियो उसैको खिचलो !
३)
अवस्था नाजुक भएछ
उत्तर दिशामा पुगेर,
छातीमा गोली गएछ !
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
~~~~~~~~~~~~~~~~~~
[६]
१)
दु:खका जङ्घार तरेर
बित्दैछ अभागी जिन्दगी,
आँखामा सागर भरेर !
२)
सुखका साथी भेटिए
जब दु:ख आइलाग्यो,
नातासम्बन्ध सबै मेटिए !
३)
रहेन भरोसा अब
आफ्नै आँखाको अगाडि,
मरे रहरहरू जब !
४)
सोचेजस्तो रसिलो भएन
जिन्दगी भयो बेस्वादको,
केही स्वादै रहेन !
५)
मरुभूमि सुख्खा खडेरीमा
देखिँदैन कतै निकास,
जिन्दगी बित्दैछ अँधेरीमा !
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका-१४, दाङ
२०८०/०९/१३
~~~~~~~~~~~~~~~~~~
[७]
१)
जन्मकर्म र मरण
शाश्वत सत्य जिन्दगीका,
आत्मा देव शरण !
२)
पत्तो पाए जुनी
मगमगाउने फूल सरी,
नबुझेमा व्यर्थ हुनी !
३)
कोहीको जीवन कर्मशील
कोही अल्छी संसारमा,
बनौँ हामी धर्मशील !
✍️
मनोहरी पौडेल
गैडाकोट १
२०८०/९/१३
~~~~~~~~~~~~~~~~~~
[८]
१)
जिन्दगी जसोतसो चल्यो
सुःखको खोजिमा हिँड्दा,
दु:खकै रासमा ढल्यो !
२)
कसैले धिक्कारे मलाई
उपहास गरे सधैँ,
बसिनँ हरेस खाई !
३)
सङ्घर्षमय जिवन भयो
जन्मिएपछि त आफ्नै,
सङ्घर्षमै दिन गयो !
✍️
सुरेशकुमार पाण्डे
घोराही१८ दाङ
~~~~~~~~~~~~~~~~~~
[९]
१)
कसैलाई जिन्दगी भारी
जिउनुपर्छ हामीले सधैँ,
दु:खलाई पर सारी !
२)
उच्च भावना लिएर
अगाडि बढ्नुपर्छ जिवनमा,
आदर सत्कार दिएर !
३)
हाँसी खुशी बाँचौला
दुई दिनको जिन्दगीमा,
मायाँ पिरती साँचौला !
✍️
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
~~~~~~~~~~~~~~~~~~
[१०]
१)
हिँड्दछ जिन्दगी लम्केर
सजाउँदै मीठा सपनाहरू,
आकाशकाे बिजुलीझैँ चम्केर !
२)
बाेकेर साथमा सकारात्मकता
बढौँ प्रगतिको बाटाेमा,
पारेर निमिट्यान्न नकारात्मकता !
३)
गरेर जीवनमा लगानी
थपौँ उचाई प्रतिष्ठाकाे,
बनाई सुन्दर कहानी !
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
~~~~~~~~~~~~~~~~~~
[११]
१)
जिन्दगीको छैन भर
आज हाेकी भाेली,
लाग्छ धेरै डर !
२)
चुपचाप बसे आउँदैन
सुखकाे दिन जीवनमा,
मनले शान्ति पाउँदैन !
३)
हर्षकाे आँसु बगाई
सफलताको शिखर चुम्नू,
निराशा सबै भगाई !
✍️
राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
~~~~~~~~~~~~~~~~~~
[१२]
१)
जिन्दगीको झिल्के तारो,
आकाशमा गएर फल्दछ,
टिपेर खानै गारो !
२)
जिन्दगी रोएको देखिँदैन
हिमाल चढेर ओर्लिन्छ,
विमारी भने लेखिँदैन !
३.
थाहा हुँदैन मरेको
रुखको पात जिन्दगी,
फिरफिर गर्दै झरेको !
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
~~~~~~~~~~~~~~~~~~
[१३]
१)
उजाडियो सारा गाउँबस्ती
बाध्यता जिन्दगी कसैको,
कसैलाई मस्तीमा मस्ती !
२)
पीडालाई छातीभित्र लुकाउनु
असम्भव छैन दुनियाँमा,
जिन्दगी काँडामा फुलाउनु !
३)
जिन्दगी उधारो चल्दैन
सम्पत्ति नभए हिजोआज,
चुल्होमा आगो बल्दैन !
✍️
शरद प्रधानाङ्ग, विराटनगर – ७
~~~~~~~~~~~~~~~~~~
[१४]
१)
गरौँ भनी रमाइलो
आसमा खोजेँ ठाउँ,
कतै छैन घमाइलो !
२)
खोज्दै हिडेँ राप
देखिनँ कतै बलेको,
भन्छौ आगो ताप !
३)
उर्लिएर आयो भेल
पुल छैन जान,
कसरी गर्ने मेल ?
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
~~~~~~~~~~~~~~~~~~
[१५]
१)
जिन्दगी गयो खेर
विदेश जाने रहरमा,
सधैँको लागि हेर !
२)
वैरी होइन घरकै
बिद्रोह गर्छ देशमा,
लास गन्छ करकै !
३)
डर देखाए देशमा
विदेश जाने मरेर,
लगायो गरिब केसमा !
✍️
एवाइ प्रभात
सहिदभुमि छेन्ताङ धनकुटा
~~~~~~~~~~~~~~~~~~
[१६]
१)
चाहना मर्‍यो बाँच्ने
दोधारे भयो मन,
रङ्गमञ्चमा के नाँच्ने ।
२)
सरकार दिँदैन काम
छैन अन्नको दाना,
कहाँबाट लेराउँ दाम ।
३)
बाँच कि मर
कामविहीन ए ! मान्छे,
जे गर्छस् गर !
✍️
बिके माकजू , भक्तपुर ।
~~~~~~~~~~~~~~~~~~
[१७]
१)
छैन कसैको भर
जिन्दगीको लामो यात्रा,
एक्लै तय गर !
२)
आउँदैन दुखको गन्ध
सङ्घर्ष गरेमा जिन्दगीका,
हुनेछन् पीडा तटबन्ध !
३)
दुखसँग लगाऊ मित
जिवन सबल बनाउन,
आफ्नै मनलाई जित !
✍️
बाबुराम गौतम, गुल्मी
~~~~~~~~~~~~~~~~~~
[१८]
१)
जिम्मेवारी पुरा गर्ने
बनोस् अवस्था देशमा,
जिन्दगी खुसीले भर्ने !
२)
सङ्घर्षको ताँती लाग्छ
कर्मतिर मन तम्सिँदा,
आसा स्वयम् जाग्छ !
३)
जीवन सुन्दर फूल
छरौँ सेवाको बासना,
फूटाउ विकासको मुल !
✍️
सुस्मिता अधिकारी ,काठमाडौँ
~~~~~~~~~~~~~~~~~~
[१९]
१)
जिन्दगीको भरोसा छैन
थाहा हुँदाहुँदै पनि,
भएन है चैन !
२)
आज,भोलि भन्दै
आफ्नै दिन गयो
जन्मका दिन गन्दै !
३)
जिन्दगी एउटा यात्रा
दुःखहरू सँगसँगै बरोबर
मिलाउनु छ मात्रा !
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
~~~~~~~~~~~~~~~~~~
[२०]
हातभरि छन् ठेला
बुझ्दैन कसैले पनि,
काम गर्ने बेला !
२)
जिन्दगीको छैन भर
परदेशमा कसैको पनि,
कहाँ हुन्छ घर ?
३)
जिन्दगीमा परिश्रम गरौँला
हामीसँगै मिलेर यताउता,
सफलतामा खुसी छरौँला !
४)
जिन्दगीमा केही गर्नु
यो संसारमा एकदिन,
सबैले छ मर्नु !
✍️
कृष्ण धामी – बझाङ
~~~~~~~~~~~~~~~~~~
[२१]
१)
मनको कस्तो चाह
कसरी भनूँ कसलाई,
कसरी भनूँ आह !
२)
सुनको यो रहर
कसले देला अब,
त्यो कस्तो पहर !
३)
सुन्दरी रातकी रानी
बनिँयो हेर पानी,
बन्दैन जीवन नानी !
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत
~~~~~~~~~~~~~~~~~~
[२२]
१)
सुन्दर हामी मानव
मनुष्य योनी हाम्रो,
किन बन्ने दानव ?
२)
किन गरिन्छ अभिमान ?
होला ठूलो महल,
राखौँ आफ्नो पहिचान !
३)
जन्ममृत्यु नियतिको खेल
आफै हामी खेलाडी,
सजगतामा गर्नुपर्छ मेल !
✍️
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
~~~~~~~~~~~~~~~~~~
[२३]
यो मनको वह
सहनु छ आफैँ
लगाउनु छ तह !
२)
समयले पोलेको डाम
गोली लागेर जिन्दगी,
क्षणमै राम राम !
३)
मुनाहरू मुना टिपी
बिताउँला भन्छन् जिन्दगी,
घरको सङ्घार लिपी !
४)
नलेखौँ भन्छु कथा
जिन्दगी कचल्टियो कतै,
बुरुरु बल्झिन्छ व्यथा।
✍️
मोती सुब्बा
दार्जिलिङ, भारत।
~~~~~~~~~~~~~~~~~~
[२४]
१)
जीवन कर्कलाको पानी
अल्सी नि:शुल्क खान्छ,
सुतेरै बित्छ जवानी !
२)
जीवन कस्तो दमदार
नदी या हिमनदी,
आफ्नै दिमाग हतियार !
३)
जीवन चाँदको घेरो
नियालेर आफैँ हेर,
हिरैहिरा छन् सेरोफेरो !
✍️
म्यामराज राई, भोजपुर
~~~~~~~~~~~~~~~~~~
[२५]
१)
आशाको दियो बालेर
बस्छु तिमीलाई पर्खेर,
मनमा माया पालेर !
२)
उडायो माया हुरीले
निर्दयी तिमी निष्ठुरी,
मुटुमा रेट्यौ छुरीले !
३)
मलाई पीडा दिएर
गयौ तिमी बेइमानी,
रुँदैछु आँसु पिएर !
✍️
नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
~~~~~~~~~~~~~~~~~~
[२६]
१)
भिरको उकालो बाटो
आँखामा आँसुको सागर,
सम्झेर नेपाली माटो !
२)
कसरी सकिन्छ सहन
आफ्नै आँगन अगाडि,
हेरेर हृदय दहन !
३)
धरतीमा बगायौ रगत
लगाम उनकै हातमा,
आखिरी सम्झे फगत !
✍️
आर्त अकुलीन
~~~~~~~~~~~~~~~~~~
[२७]
१)
जन्ममृत्यु सत्य हुन्छ
सधैँभरि यो संसारमा,
सुखदुःखले नै छुन्छ !
२)
राम्रो गर्नु कर्म
सत्यलाई अङ्गालेर सधैँ,
बुझेर यो मर्म !
३)
अँध्यारो रातपछिको रवि
नमात्तिनु सधैँ सुखमा,
अनिमात्र बन्छ छवि !
✍️
धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
~~~~~~~~~~~~~~~~~~
[२८]
१)
छातीको शूल जिन्दगी
तनावै तनावको महासागर,
आँसुको मूल जिन्दगी !
२)
उजाड जीवन बस्तीमा
कसरी बिताउनु जिन्दगी,
हरदम दु:खको गस्तीमा !
३)
आत्महत्या गर्दैछन् रहर
उजाड सुनसान जिन्दगी,
जिउँदो लासहरूको सहर !
✍️
Lumbini Sahitya Pratisthan
~~~~~~~~~~~~~~~~~~
[२९]
१)
जिन्दगी चैतन्य चाेला
गरेमा केही असल,
सुकर्मले नाम हाेला !
२)
जिन्दगीमा कमाउनु खुसी
भरिँदैन लाेभकाे भाँडो,
खुसीले रहनुपर्छ झुसी !
३)
जिन्दगी पाएको खास
जिउन छैन कठिनाइ,
अथाह नगरी आस !
✍️
रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
~~~~~~~~~~~~~~~~~~
[३०]
१)
जिन्दगी यात्रा हो
पर्छ लगातार हिँडिरहनु,
धेरथोर मात्रा हो !
२)
जिन्दगी उज्यालो हो
साथै अँध्यारो पनि,
सुखदुःखको टालो हो !
३)
जिन्दगी बाँचुञ्जेल भार
बेमतलवी कर्म गर्दै,
मरेपछि हुन्छ लम्पसार !
✍️
ध्रुव श्रेष्ठ
हाल काठमाडौ ।
~~~~~~~~~~~~~~~~~~
[३१]
१)
दु:खमा खुशीले बाँच्नुपर्छ
सङ्कट आउनसक्छ भोलि,
थोरै जिन्सी साँच्नुपर्छ !
२)
जिन्दगी दुईदिने घामछायाँ
घमण्ड नगरौँ बाँचुन्जेल,
आपसमा बाँडौँ माया !
३)
कर्कलाको पानीझैँ ढलपल
जीवन पोखिन्छ कहिले,
सत्कर्ममा नगरौँ अलमल !
४)
बाँचुन्जेल गरौँ हाँसखेल
नबोलौँ कटुवचन कसैलाई,
नगरौँ कहिल्यै जालझेल !
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
~~~~~~~~~~~~~~~~~~
[३२]
१)
सन्तुष्टि जिन्दगीको महौषधि
दुख्दा खानेमात्र रहेछ,
दु:खको त्यो औषधि !
२)
जिन्दगीमा धनको माला
नभए आफन्त टेढा,
जिन्दगी बन्छ नाला !
३)
जिन्दगी यस्तो आजभोलि
सरकार बहिरो अन्धो,
जनतालाई वर्षाउछ गोली !
४)
जिन्दगीमा नबोले जाती
छैन भन्दियो रिसाउँछन्,
आफ्नो मान्छे कुठाराघाती !
५)
बाटो उकालो हुन्छ
फर्किंदै हेर्दै जानुस्,
जिन्दगीमा मन रुन्छ !
✍️
चुडामणी देबकोटा
चनपा १३ काठमाडौ
हाल बारा सिमरा
~~~~~~~~~~~~~~~~~~
[३३]
१)
मायाजालभित्र आफूलाई पारेर
चल्दैछ यो जिन्दगी,
जिउँने रहर मारेर !
२)
भो सानू नरिसाऊ
बाटो छ लामो,
यत्तिकै यहाँ नबिसाऊ !
३)
निर्णय गर्न साह्रो
दोबाटोमा ठेस लागेपछि,
जीवन बिताउन गाह्रो !
✍️
अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧
~~~~~~~~~~~~~~~~~~
[३४]
१)
जिम्मेवारीको भारी बोकेर
अविरल बग्दछ जिन्दगी,
रोकिन्न कहिल्यै रोकेर !
२)
उज्ज्वल ताराजस्तै चम्क
एकबारको जिन्दगी हो,
प्रगतिपथमा अघि लम्क !
३)
बस्नुहुन्न त्यत्तिकै रोएर
जिन्दगीको पीर व्यथा,
कसैगरी जानेछैन धोएर !
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा ।
~~~~~~~~~~~~~~~~~~
[३५]
१)
अर्थ अनेक लाउँछन्
यहाँ एउटा जिन्दगीको,
भोगाइ अनुसार पाउँछन् !
२)
लाग्छ अचम्मै जस्तो
मान्छेको यो जिन्दगी,
बिचित्रको छ कस्तो !
३)
अनगिन्ती ठक्कर खानुपर्ने
मनुष्यको दुईदिने चोलामा,
छाडेर दुनियाँबाट जानुपर्ने !
✍️
वि.वि.याक्खा
पाँचखपन नगरपालिका – ६
संखुवासभा।
~~~~~~~~~~~~~~~~~~
[३६]
१)
जनतालाई बन्दुककाे गलपासाे
गणतन्त्रकाे प्रिय नासाे,
समाजलाई भएन चासाे !
२)
जागिर खाेज्नेलाई गाेली
ए ! हुतिहारा सरकार,
भिराइदे बरू झाेेली !
३)
कानुनी राज्यकाे भित्र
मान्छेकाे इहलीला समाप्त,
पापिष्ठलाई जेल मित्र !
✍️
प्रद्युम्न चालिसे
~~~~~~~~~~~~~~~~~~
[३७]
१)
कसलाई के हुन्छ ?
भोलि आउॅंने कुरा,
बिग्रदा मन रुन्छ !
२)
कोही अमर छैन
धेरै घमण्ड नगरौँ
बाँचुन्जेल गरौँ चैन !
३)
अप्ठ्यारोमा साथ दिनु
यत्तिकै कसलाई पुग्छ,
कहिलेकाहीँ पर्छ लिनु !
४)
अर्काको कामको चासो
व्यर्थमा लिदाखेरि हेर,
बन्ला गलाको पासो !
✍️
अर्जुन प्रसाद चौलागाई💕
~~~~~~~~~~~~~~~~~~
[३८]
१)
छैन केही कथा
जीवनमा छु दु:खी,
टन्न पीडा व्यथा !
२)
जिन्दगीको छैन भर
आज या भोलि,
मर्ने किन डर ?
३)
जिन्दगी व्यथाले भरिएको
सुख थाहा पाइएन,
चारैतिर दु:ख छरिएको !
✍️
राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
~~~~~~~~~~~~~~~~~~
[३९]
१)
चल्छ गाेली जहाँ
माग राखेर युवा,
मर्छ उहीँ त्यहाँ !
२)
उम्कन खाेज्छाै किन
गल्ति गर्छाै दिनदिन,
स्विकार गर्दैनौ किन ?
३)
सजिएका हुन्छन् सपनाहरू
राति निद्रामा पनि,
मेटिन्छ्न् मनका तिर्सनाहरू !
✍️
रवि पौडेल
~~~~~~~~~~~~~~~~~~
[४०]
१)
भन्छन् कर्कलोको पानी
म त भन्छु,
नहिँड अजम्बरी ठानी !
२)
लाग्छ एक जात्रा
कहिले पुग्ने तराई,
कहिले हिमालको यात्रा ?
३)
प्रक्रिया निरन्तर चल्ने ।
बच्चा, युवा, बुढो,
हुँदै आखिरमा ढल्ने !
✍️
दीपा गुरुङ्ग (समभाव)
बुनपा-१२, कपन, काठमाडौँ