काठमाडौँ । नेपाल स्रष्टा समाजको १७ औँ साधारण सभामा सम्पन्न भएकाे छ । नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन १७ औँ साधारण सभा सम्पन्न भएको हो ।
सभामा महासचिव देविका तिमिल्सिना र कोषाध्यक्ष तारा सुवेदीले प्रस्तुत गर्नुभएको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा संरक्षक पवन आलोक, पूर्व अध्यक्षहरु शैलेन्द्र साकार, चन्द्रप्रसाद भट्टराई, विधान आचायर्, सल्लाहकार रमा शर्मा र समाजका वागमती, गण्डकी र कर्णाली प्रदेशका संयोजकहरु रवीन्द्र आशिष शैली, रिता पहारी न्यौपाने र देवकी तिमिल्सिनाले मन्तव्य गर्नुुभएको थियो ।
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित समाजको १७ औँ साधारण सभामा वरिष्ठ कवि गोविन्दराज विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. अभि सुवेदीले उहाँलाई सम्मान गर्नुभयो । वरिष्ठ कवि विधान आचार्यले आप्mना मातापिताको नाममा स्थापना गर्नुभएको सम्मान रु २११११।– नगदराशिसहितको छ । सोही समारोहमा समाजका पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा साहित्यकार उद्धव भण्डारीको ‘अपाङ्गता आवाज’ को विमोचन गरिएको थियो ।
सो समारोहमा समाजका अध्यक्ष रोदनले आगामी वर्षदेखि रु १लाख १सय एक नगदराशिको ‘रेखा–पवन स्रष्टा सम्मान प्रदान गरिने जानकारी गराउनुभयो ।
साहित्यकार पवन आलोक र धर्मपत्नी रेखा कडेलको नाममा स्थापना गरिएको उक्त सम्मानका लागि उहाँका सन्तान विमला कडेल, रिता कडेल, सुनील कडेल, माला कडेल र अनिता कडेलले रु. १५ लाखको अक्षयकोषको व्यवस्था गर्नुभएको छ ।
समाजको १७ औँ साधारण सभा तथा सम्मान समारोहमा समालोचक ज्ञानु अधिकारी, प्राडा गोविन्दमानसिँह कार्की, योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानका संस्थापक राजेश न्यौपाने, उपाध्यक्ष चेतनाथ कणेल हरित र सचिव प्रकाश घायलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।