![](https://sahityapost.com/wp-content/uploads/2021/10/j.jpg)
युवा कवि अमर आकाशको प्रथम कवितासंग्रह ‘टुङ्गना’ सार्वजनिक भएकाे छ । भृकुटीमण्डपस्थित काठमाडौँ सार्वजनिक पुस्तकालयमा एक कार्यक्रमका बिच कृतिको विमोचन गरिएकाे हाे ।
वरिष्ठ कवि शैलेन्द्र साकार सभाध्यक्ष हुनुभएको उक्त कार्यक्रममा ह्वाइट लोटस प्रकाशनकी प्रमुख सिर्जना भण्डारीका साथै चर्चित कविहरू हरि अधिकारी, युयुत्सु आरडी शर्मा र साहित्यिक पत्रकार तथा समालोचक राजकुमार बानियाँको उपस्थिति रहेकाे थियो ।
कवि श्याम रिमालले सञ्चालन गर्नुभएको कार्यक्रमकको सुरुआत कवि अमर आकाशले आफ्ना दुई कविता ‘झलकमान गन्धर्व’ र ‘मसिहा पप्पी’ वाचनका साथ गरेका थिए । यसैक्रममा राजकुमार बानियाँले भने, ‘कवि अमर आकाशका कविताहरू एकदम नौलो स्वादको र मौलिक मात्रै नभएर अत्यन्तै जीवन्त विम्बहरूले युक्त छन् । काठमाडौंको जनजीवन र सांस्कृतिक चिनारीको धरोहरले भिजेका कविताहरू पढ्दा लाग्छ यी अमर आकाशको रगतबाट आएका कविताहरू हुन् ।”
सोही क्रममा हिमाली कवि युयुत्सु शर्माले अमरलाई रिमालको असली उत्तराधिकारी भन्दै नेपाली वाङ्मयमा एउटा नौलो प्रतिभाको उदय भएको बताए । अर्का प्रसिद्ध कवि तथा आलोचक हरि अधिकारीले अमरका कविताहरूबाट आफू सन्तुष्ट भएको र आउने वर्षहरूमा कविबाट शक्तिशाली रचनाहरू आउने प्रशल सम्भावना देखेको बताए ।
कार्यक्रमा सहभागी अर्का कवि शैलेन्द्र साकारले आफूले सुरु गरेको कथ्य कायाकल्पको सिद्धान्त अनुरुपका कविताहरु रचना गरेका अमरलाई प्रखर र प्रतिभावान युवा कविका रूपमा उल्लेख गरेका थिए ।
सोही कार्यक्रममा पुस्तकालयका हर्ताकर्ता जुजुभाइ डंगोलले पुस्तकालयको इतिहास र साहित्यिक गतिविधिबारे पनि प्रकाश पारेका थिए ।
प्रकाशक ह्वाइट लोटसका प्रमुख सिर्जना भण्डारीका अनुसार अमर आकाशको कृति टुङ्गना काठमाडौंका पुस्तक पसलहरूमा उपलब्ध छन् । साथै, अनलाइनमार्फत मगाएर पढ्न चाहने विश्वभरका पाठकहरूका निम्ति अमेजन, दराज, फ्लीपकार्ट जस्ता अनलाइन प्लेटफर्महरूमा पनि उपलब्ध छन् ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)