काठमाडौं । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले ‘प्रतिभा सम्मान’ र ‘प्रतिभा पुरस्कार’ क्रमशः सङ्गीतकार, गायक तथा लेखक हिरण्य भोजपुरे र कवयित्री करुणा राईलाई प्रदान गर्नेभएको छ । हरेक दुई-दुई वर्षमा प्रदान गर्दै आएको यी पुरस्कार लेखक हिरण्य भोजपुरे र कवयित्री करुणा राईलाई प्रदान गर्ने प्रतिष्ठानले निर्णय गरेको हो ।
प्रतिष्ठानको निर्णयअनुसार सम्मान राशि १५ हजार रुपैयाँ र प्रतिभा पुरस्कार राशि ३५ हजार रुपियाँ र ताम्रपत्र रहेको छ ।
संस्थाले यसअघि साहित्यकारहरु पूर्णप्रकाश यात्री, परशु प्रधान, कृष्ण जोशी, जीबी लुगुन, सैलेन्द्र साकार, मन्जुल र साहित्यकार एवं गायक तथा संगीतकार गणेश रसिक, इतिहासकार ज्ञानमणि नेपाल र श्याम तमोटलाई सम्मान गरिसकेको छ ।
यसैगरी, पुरस्कृत हुने स्रष्टाहरुमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लव ढकाल, कवि विमल गीरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भीषण मुकारुङ र लेखक कविता राई रहेका छन् ।
यस वर्षको सम्मान र पुरस्कार २०८१ साल बैशाखमा एक कार्यक्रमबीच प्रदान गरिने संस्थाले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।