माधव पाेखरेल । विराटनगरमा दुई दिने अन्तर्राष्ट्रिय साहित्य संगाेष्ठी एवम् द्वितीय अन्तर्राष्ट्रिय जनलेखक सम्मेलन सम्पन्न भएकाे छ । समुद्घाटन, कर्यपत्र प्रस्तुती, काव्य सम्मेलन तथा पर्यटन प्रवर्द्धनका लागि साहित्यिक भ्रमण गर्दै सो कार्यक्रमकाे समापन भएकाे हो ।
अन्तर्राष्टिय जनलेखक संघका कार्यकारी अध्यक्ष खेम नेपाली र विराट साहित्य संगमका अध्यक्ष मधु पाेखरेलकाे संयुक्त अध्यक्षता रहेकाे साे कार्यक्रमकाे उद्घाटन काेसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गरेका थिए ।
संगोष्ठीमा साहित्यकार हरि बरालले नेपालकाे सन्दर्भमा जनलेखनकाे औचित्य र प्रतिकवाद विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । अर्काे कार्यपत्र भारतकाे नागपुरस्थित महारेश्वरकी डा. सुशीला ठाकमाैरेले हिन्दी भाषामा प्रस्तुत गरेका थिए ।
काेसी प्रदेशकाे पर्यटन वन तथा वातावरण मन्त्रालय र विरानगर महानगरपालिकाकाे सहयाेगमा भएकाे साे कार्यक्रम आयाेजक विराट साहित्य संगम तथा सहआयाेजक विष्णुमाया पुस्तकालय रहेकाे थियो ।
कार्यक्रममा सहभागिहरुलाई साहित्यिक पर्यटन प्रवर्द्धन हाेस् भनेर सुनसरीकाे रामधुनी, चतरा, बराहक्षेत्र तथा धनकुटाकाे भेडेटार भ्रमण गराइएकाे थियाे ।
कार्यक्रममा उदयपुरका माधव पाेखरेल गाेज्याङ्ग्रे, बाेधकुमार घिमिरे, संखुवासभाका ताराबहादुर बुढनथाेकी, विराटनगरका विवश पाेखरेल, ऋतुवर्ण पराजुली, प्रमाेद ढकाल, कविता केशरीलगायतका कविहरुले रचना वाचन गरेका थिए ।
साे कार्यक्रममा नेपाल र चारतका ५० जना कविहरुले नेपाली हिन्दी भाषाकाे कविता, गीत, गजल, मुक्तक वाचन गरेका थिए भने रचना वाचन गर्ने सबैलाई सहभागी प्रमाणपत्र वितरण गरिएकाे थियाे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।