अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बारेमा लेखिएका गीति संरचनाका सिर्जनालाई अनेसास गान कृतिका रूपमा प्रकाशित गरिने भएको छ । अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कृति प्रकाशनका लागि समाजले अनेसास गान आव्हानसमेत गरेकाे छ ।

अघिल्लो कार्यसमितिले अनेसास गान सम्बन्धी सूचना प्रवाह गरेर प्रतियोगितात्मक सिर्जनाको आव्हान गरेको भए पनि प्रतियोगितामा सहभागि हुन नचाहने अनेसासका शुभचिन्तक, नेतृत्व परिवार र साहित्यकारहरूको गीति सिर्जना समावेश नभएका कारण यस्तो निर्णय गरिएको हो । ‘ अनेसासबारे सबैको सिर्जनात्मक दृष्ट्रिकोणको सँगालो प्रकाशन गर्ने यो हाम्रो योजना हो’, अध्यक्ष पूजाले भने ।

दुई सयभन्दा बढी गीतकारको सिर्जना रहने कृतिमा रचना समावेश गर्न चाहने सर्जकलाई जनावरी ३०, २०२४ भित्र रचना पठाउन अनुरोध गरिएको छ । कृतिमा सहभागी सर्जकलाई सम्मान स्वरूप पुस्तक उपहार दिइनेछ ।