महाकवि मिर्जा गालिबकाे जन्म जयन्तीका अवसरमा आयाेजित एक समाराेहमा महफिल ए काव्य उपासनाका संरक्षक श्रद्धेय डा. कृष्णजंग राणाकाे नवसिर्जना उर्दू गजलसंग्रह ‘रंग~ ए ~ गजल’काे विमाेचन सम्पन्न भयाे । महफिल ए काव्य उपासना र उर्दू एकेडेमीकाे तत्वावधानमा आयाेजित याे काव्यानुष्ठान ललितपुरकाे ठाडाे ढुंगास्थित श्रद्धेय डा. राणाकाे निवासमा दिव्य उद्यानस्थित भव्य सभागारमा सम्पन्न भएकाे हो ।
सुप्रसिद्ध लेखक एवम् पूर्वराजदूत श्री मधुवन पाैडेलज्यूकाे प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विमाेचित कृति ‘रंग ~ए~ गजल’काे परिचर्चाका साथै महाकवि गालिबका व्यक्तित्व कृतित्वका एवम् उहाँका गजलकाे प्रस्तुति गरियाे । नामूद गजलकार डा. राणा, करुण थापा, रवि प्राञ्जल, शान्ति शर्मा, डा. लक्ष्मी जाेशी, मनमाेहन थपलियालगायतका स्रष्टा एवम् गायकहरुकाे गजल प्रस्तुति रहेकाे थियो ।
विमाेचित कृतिका सम्पादक/अनुवादक यशस्वी शायर इम्तियाज वफा एवम् उर्दू शायर डा. साकिव हारुनीले कृतिमाथि प्रकाश पार्नुभयाे । यस कृतिमाथि पाकिस्तानकाे एक विश्वविद्यालयमा शाेधकार्य सम्पन्न हुँदै रहेकाे खुशखबरी पाकिस्तानी शायर खालिद माेहसिनले सुनाउनुभयाे । साथै, उर्दू एकेडेमीले डा. राणालाई सम्मानपत्र प्रस्तुत गरेकाे थियो ।
कार्यक्रममा भाषाविद् श्री शरच्चन्द्र वस्ती, पत्रकार बन्धुहरु राजेश खनाल, अश्विनी काेइराला, मिनु पाेखरेललगायत सच्चिदानन्द मिश्र, सुवासचन्द्र ढुङ्गेल, फुरकान फैजी, प्रकाशप्रसाद उपाध्यायजस्ता नामूद कविहरुका साथै सुषमा शर्मा, निर्मल भट्टराई, दीक्षा अधिकारी वस्ती, शिक्षा रेग्मी, सागर न्याैपाने आदि प्रबुद्ध काव्यानुरागीहरुकाे उपस्थिति रहेकाे थियो ।
समाराेहकाे छायाङ्कन दलवीरसिँह घायलले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।