अभिव्यक्ति

अभिव्यक्ति

नगेन्द्रराज शर्मा संस्थापक तथा संरक्षक रहनुभएको उक्त पत्रिकाको चौथो अङ्कमा भाउपन्थी, लीलाराज दाहाल, श्रवणकुमार ढुुङ्गाना र धनराज गिरीका कथा, लघुकथा समावेश छन् । विष्णुप्रसाद शर्मा पराजुलीको नियात्रा, विनोद नेपालको निबन्ध, राजेन्द्र खनाल ‘क्षितिज’को हास्यव्यङ्ग्य पनि प्रकाशित छन् ।

पुस्तकको ‘पर्यावलोकन’मा शार्दूल भट्टराई, वासुदेव गुरागाईं, डा. राजकुमार छेत्रीको कलम झल्केको छ भने डा. विप्लव ढकाल, कृष्ण प्रधान, दुुर्गा किरण तिवारी, तारा सुवेदी, विकल त्यागी, सीता ओझा, रमेशप्रसाद खनाल, सानुराजा अञ्जान लागयत लेखकहरूको ूकाव्यात्मक रचनाहरू छापिएको छ ।

पुस्तकमा रमेश रेग्मीसित ज्ञानुवाकर पौडेलको कुराकानी र विशेष रूपमा टीका ढुंगेल रटनद्वारा लेखिएको नेपाल र सिक्किमका साहित्यकारहरूको भेटघाट साथै यायावरको ‘जमघटहरूबाट’ समाविष्ट छन् ।

“सहकारी स्थापनाका उद्देश्य राम्रै भएपनि उद्देश्य बमोजिम सञ्चालन हुन सकेका छैनन् । धेरै जसोको नियत नै खोटो देखिन्छ । कतिपयले घर जग्गामा लगानी गरी कैयौं गुना फाइदा गरी अकुत सम्पत्ति कमाएका छन्, कतिपय सहकारी सञ्चालकहरू त रकम पोको पारेर गायब हुने, बिदेसिने गरेको पनि सञ्चार माध्यम हरूमा देख्न सुन्न पाइन्छ ।” सम्पादकीयमा लेखिएको छ, “यसै क्रममा कतिपय साहित्यिक संस्थाहरू पनि यो समस्याबाट गुज्रिरहेका छन् । साहित्यिक संस्थाहरूले सदस्यता शुल्क, आ आफ्नै सदस्यले संस्था चलाउन खल्तीबाट जम्मा गरेको रकम, अनुदान वा सहयोग रकम र पुरस्कार सम्मानका लागि पुरस्कार संस्थापकले जम्मा गरेको रकम आकर्षक व्याजका लोभमा परेर सहकारी वा वित्तीय संस्थाहरूमा जम्मा गरेका छन् तर पछिल्ला वर्षहरूमा कतिपय सहकारी बाट मुलधन त के व्याज सम्म पनि भुक्तानी पाइरहेका छैनन् । यसै कारण कतिपय पुरस्कार सम्मान बन्दै गर्नु पर्ने बाध्यता छ, कतिपय संस्था बन्द भएका छन् । कहीँ कतै उजुरीको सुनुवाइ हुँदैन । यस्तो लाग्छ, यस्ता केही सहकारीका सञ्चालक नै या त ती सरकारी निकायका आफ्ना मान्छे हुन्छन्, या सरकार वा नियमनकारी निकायका पदाधिकारी लाई खुसी पार्छन् ।”

पुस्तककाे मूल्य ५० रुपियाँ रहेकाे छ ।