सुरभि साहित्य प्रतिष्ठानले आफ्नो सोह्रौँ वार्षिकोत्सवको अवसरमा सात जना स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले आफ्नो सोह्रौं स्थापना दिवसका उपलक्ष्यमा २०८० माघ २० गते शनिबार नियमित कार्यक्रम हुने स्थल गोकर्णेश्वर नगरपालिकास्थित ढोल्खाधारो कृष्णमन्दिर कुटीमा निम्न स्रष्टाहरूलाई अभिनन्दन, पुरस्कार एवं सम्मान अर्पण गर्ने निणय गरेको हो ।
प्रतिष्ठानले ‘गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार’ ध्रुव सापकोटालाई, ‘सुरभि-बाजुराम आख्यान साधना पुरस्कार’ प्रा.डा. गोविन्दराज भट्टराईलाई, ‘सुरभि-रमा-बद्री निबन्ध पुरस्कार’ प्रा.डा. माधवप्रसाद पोखरेललाई, ‘सुरभि-अच्युतराम लघुकथा पुरस्कार’ श्री महेश प्रसाईँलाई दिने निर्णय गरेकाे छ ।
त्यस्तै, ‘सुलेख आख्यान प्रतिभा पुरस्कार’ इन्द्रकुमार श्रेष्ठ ‘सरित’लाई, ‘सुरभि-प्रह्लाद नारी आख्यान पुरस्कार’ ललिता दोषीलाई र ‘सुरभि-वेदमणि आख्यान प्रतिभा पुरस्कार’ लिलाराज दाहाललाई दिने निर्णय भएको छ ।
साथै, प्रतिष्ठानले उक्त कार्यक्रममा प्रा.डा. ऋषिराम पोखरेललाई अभिनन्दन गर्ने निर्णयसमेत गरेको छ ।
पुरस्कार छनोट समितिमा वरिष्ठ समालोचक श्री युवराज मैनाली संयोजक र वरिष्ठ साहित्यकार एवं वरिष्ठ पत्रकार श्री विजय चालिसे तथा वरिष्ठ साहित्यकार श्री अच्युत घिमिरे सदस्य रहनु भएको थियो ।
सोही अवसरमा ‘ रमेश विकल समालोचनात्मक अन्वेषण ’ कृतिका लेखक श्री गोपी मैनाली तथा ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल ’ कृतिका लेखक श्री ठाकुर शर्मा भण्डारीलाई सम्मान गर्ने निर्णय समेत गरिएको छ ।
कार्यक्रम नियमित कथावाचनसहित दिनको ठिक १: ०० बजे सुरुहुने समेत जानकारी गराइन्छ ।
पुरस्कारका राशिहरू निम्नअनुसार रहेका छन्ः
१. प्रा डा . ऋषिराम पोखरेल नगद रु. १५००५।– सहित अभिनन्दन गरिने
२. श्री ध्रुव सापकोटा, गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार रु. २५००५।–
३. प्राडा गोविन्दराज भटृराई, सुरभि–बाजुराम आख्यान साधना पुरस्कार रु. २५००५।–
४. प्राडा .माधवप्रसाद पोखरेल, सुरभि–रमा बद्री निबन्ध पुरस्कार रु. २५००५।–
५. श्री महेश प्रसाईँ, सुरभि–अच्युतराम लघुकथा पुरस्कार रु. १०००५।–
६. श्री इन्द्रकुमार श्रेष्ठ ‘सरित’, सुलेख आख्यान प्रतिभा पुरस्कार रु. १०००५।–
७. श्री ललिता दोषी, सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार रु. १०००५।–
८. श्री लीलाराज दाहाल, सुरभि–वेदमणि आख्यान प्रतिभा पुरस्कार रु. १०००५।–
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।