![](https://sahityapost.com/wp-content/uploads/2021/10/j.jpg)
‘मरिण महोत्सव – २०८०’का अवसरमा स्रष्टा भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ । मरिण साहित्य समाजका अध्यक्ष बाबुराम श्रेष्ठ “यात्री”को समन्वयमा सो कार्यक्रम सम्पन्न भएकाे हो ।
साहित्यिक रचनावाचन तथा भेटघाट कार्यक्रम मरिण शाखाका अध्यक्ष चिनध्वज बम्जनको सभा अध्यक्षता तथा मरिण गाउँपालिका प्रमुख विमर्श मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे । सो कार्यक्रममा विभिन्न साहित्यिक सङ्गठन र विभिन्न जिल्लाहरूबाट प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियो ।
रचना वाचनका क्रममा कविहरू राम गोपाल आशुतोष, प्रोलास सिन्धुलीय, प्रेमिला राई, सन्जित फलाना, उत्तम तुम्सा लिम्बू, प्रेम धिमिरे, भोजराज ढकाल, तुलसी ढकाल, शम्भु गजुरेल, मानध्वज ब्लोन, पवन पख्रीन, बरुण लामिछाने, खडानन्द तिमल्सिना, नन्दलाल श्रेष्ठ अमृत पाख्रीन, केदर प्रसाद देवकोटा, धनमाया राई, देवी घिमिरे, अस्मिता दाहाल, लोकेन्द्र डहरे, बिर्ख वाइबा, केदारप्रसाद फुयाल, बिन्दा धिमिरे, यामचन्द्र अर्याल, रुपक जमरा, कपिल थापा, केशव घिमिरेलगायतले आफ्नो रचना वाचन गरेका थिए ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)