भक्तपुर । चाँगुनारायण साहित्यिक समाज, भक्तपुरले राष्ट्रव्यापी खुला कविता प्रतियोगिता गर्ने भएको छ । समाजका अध्यक्ष लालबहादुर भुजृलले चाँगुनारायण नगरपालिकाको प्रायोजनमा ‘राष्ट्रव्यापी खुला कविता प्रतियोगिता-२०८०’ गर्न लागेको हो ।
प्रतियोगिताका लागि दुई सय शब्दमा नबढाई कविताहरू पठाउन आयाेजकले आव्हान गरेकाे छ । गद्य वा पद्य शैलीमा रचित कविता २०८० पुष मसान्तसम्म पठाउनुपर्ने र कविता सम-सामयिक विषयमा लेखिएको हुनुपर्ने प्रावधान राखिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. १०,०००/- द्वितीय पुरस्कार नगद रु. ७,०००/- तृतीय पुरस्कार नगद रु. ५,०००/- सान्त्वना पुरस्कार नगद रु. २,५००/- (दुई जनालाई) प्रदान गरिने छ ।
छनौट प्रक्रियाबाट उत्कृष्ट ठहरिएका २० कविताका सर्जकहरुलाई वाचनको लागि आमन्त्रण गरिने भएकोले आफ्नो फोटो, नाम, थातथलो, सम्पर्क नं. सहित प्रीति फन्टमा आफ्नो रचना संस्थाको ई-मेल ठेगानामा म्याद भित्र पठाउनु पर्ने आयाेजक समाजका सदस्य बिके माकजुले बताए ।
उनले साे प्रतियोगिता चाँगुनारायण मन्दिर प्राङ्गणमा गरिने जनाए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।