काठमाडाैँ / टुक्का साहित्य समाजकाे आयाेजनामा प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे कार्यक्रम अनन्त टुक्का यात्रा भाग-१५ ” न्याय र समानताकाे हक ” भन्ने विषयमा केन्द्रीत भइ टुक्का कविताहरू सिर्जना गरेर सम्पन्न भएकाे छ ।
टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईँ र वरिष्ठ टुक्काकार/ टुक्का अभियन्ता राजेशराज गड्ताैलाकाे प्रशिक्षणमा २०८० पुस ६ गते भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न स्थानहरूबाट १०२ टुक्का यात्रीहरूले भाग लिएका थिए ।
उक्त कार्यक्रमका संयाेजक तथा प्रशिक्षक ताराप्रसाद चापागाईँले न्याय भन्नाले समाजमा सबै व्यक्तिले समान हक, अधिकार र स्वतन्त्रताकाे उपयाेग गर्दै राज्य तथा समाजबाट समानता प्राप्त गर्ने हकलाई बुझाउँछ ।समानता भन्नाले समाजमा सबै व्यक्ति र समूहहरूले बिना कुनै जातिवाद, वर्गवाद, लिङ्ग वा कुनै प्रकारको भेदभाव बिना मिलेर बस्न पाउने अधिकार हाे । एक समृद्ध र न्यायपूर्ण समाज बनाउनकाे लागि समानता हुनु जरुरी छ । न्याय र समानता मानिसकाे समाजिक अधिकार भित्र पर्दछ । न्याय र समानताले जाति, लिङ्ग, वर्गकाे भेदभाव अन्त्य गर्दै समृद्धि समाज निर्माणमा विशेष सहयाेग पुर्याउछ भन्दै न्याय र समानताकाे हक सम्बन्धमा सबैलाई सुसूचित गर्नु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।
टुक्का प्रशिक्षक राजेशराज गड्ताैलाले न्याय र समानता हरेक मानव जीवनमा महत्त्वपूर्ण हुन्छ । एक समृद्ध, न्यायपूर्ण र समान समाजको निर्माण गर्नकाे लागि हरेक व्यक्तिमा न्याय र समानताको सहज पहुँच हुनु जरुरी हुन्छ भन्दै न्याय र समानताकाे हक प्राप्ति गर्नकाे लागि कानुन बनेर मात्र हुदैन कानुन कार्यान्वयनकाे लागि सम्बन्धित पक्षलाई दवाव दिनुकाे साथै हाम्राे समाजलाई जागरुक गराउनु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।
कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रा भाग १५ मा विश्वभरिबाट सहभागी भई हाम्राे टाेल, छिमेक, समाज, देश र विश्वलाई नै सु-सूचित, सचेत र खबरदारी गर्दै ” न्याय र समानताकाे हक ” काे विषयमा केन्द्रित भइ काव्यिक उपविधा टुक्का कविता (दुई हरफका कविता) काे अनन्त टुक्का यात्रा कार्यक्रममा सहभागी भई चाेटिला टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा सहभागी टुक्का यात्रीहरूले ” न्याय र समानताकाे हक ” विषयमा केन्द्रित भई सिर्जना गर्नु भएका केही टुक्का कविताहरू
[१]
१.
जाति लिङ्ग वर्ग भेद अन्त्य हुनु पर्छ
समानतामा शान्तिकाे फूल फुल्ने गर्छ।
२.
सामाजिक अधिकार हाे न्याय र समानताकाे हक
अन्याय हुँदा आवाज उठाउँ नमानेर कुनै धक ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२]
१.
न्याय र समानताको हक, भएका सबैलाई चाहिने
बुझ्नुपर्यो हामीले, होइन चिज यो बजारमा पाइने ।
२.
लड्नुपर्छ पाउन, आफ्नो हक र अधिकार
नपाएमा न्याय यहॅा, गर्नुपर्छ प्रतिकार ।
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौँ
[३]
जसले अन्याय गर्छ, उसैले न्यायका कुरा गर्छ
आफूले कतै न्याय गर्नुपर्दा, डाहाले आँखा तर्छ।
✍️ देवी पन्थी
बिराटनगर
[४]
१.
कागजमै सिमित छन् हक र अधिकार
दब्ने र दबाउनेमै व्यस्त छन् व्यवहार ।
२.
माग्ने होइन भन्छन् न्याय सक्नुपर्छ छिन्न
लगनपछिको पोतेझैँ नहोस् छिन्नभिन्न ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[५]
१.
खोजौँ अधिकार हामी सक्छौँ के गर्न
न्याय र समानता दिनुहुन्न मर्न ।
२.
अधिकार कसैको हरण हुनु हुन्न
दिनु हुन्न अन्यायको झूटो जाल बुन्न।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[६]
१.
बिर्सँदै गए शासकले न्याय र समानताको नारा
बाँच्नुपर्ने बाध्यतामा छन् अझ पुरानै ढाँचामा सारा ।
२.
अघि सर्नुपर्छ सबले लिन न्याय र समानताको हक
बोध गरी लिनुपर्छ पीडित जनताले त्यागी सबै धक ।
✍️ रचना शर्मा प्रतीक्षा
इमाडोल टेम्पोपार्क, महालक्ष्मी न.पा. ४, ललितपुर ।
[७]
१.
खैलाबैला भयो समाज जातिय छुवाछुत
रमायो सारा दुनिया देखेर त्यही अद्भुत।
२.
लगाउँछन् नेता न्याय र समानताका नारा
बनाएर लिस्नो शिखरमा पुग्ने हुन्छ पारा।
✍️ सुरेशकुमार पाण्डे
घोराही १८, दाङ
[८]
१.
वर्ग, लिङ्ग, भेदभाव कसैलाई गर्न दिनु हुन्न
अन्याय अनि अत्याचारको दिनुहुन्न जाल बुन्न।
२.
रोपे रगत आउँछ उस्तै काटे मासु बन्छ
अन्याय र अत्याचार गरे भित्र भित्रै खन्छ ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[९]
१.
न्याय नपाए गोरखा जानू
उखानमा सीमित के खानू ।
२.
अधिकार खोज्न भनि हामी कतितिर धाउने
न्याय नै मूर्ति सरह भयो कहाँ गए पाउने ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१०]
१.
न्याय र समानता पाउँन निर्दोषले अन्याय सहे
भ्रष्टको जालमा जनता भारमा सधैँ नै परि रहे ।
२.
अधिकार छैन यहाँ कसैको नारीको अस्तित्व माथि खेलवाड गर्ने
छल कपटले न्याय समतामूलक कार्यक्रम सदाका लागि झर्ने ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[११]
अन्यायमा पारेर कसैलाई नि नगरौँ हेला
ढिलो चाडो दिन आउछ अवस्य, परौला फेला।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[१२]
आरक्षण हैन सेते दाइलाई त मौका भए हुन्छ
आफै बगानमा फुलिरहेको फूलको सपना बुन्छ।
✍️ म्यामराज राई
भोजपुर
[१३]
१.
प्रकृतिका देन हुन् छोरा र छोरी बराबरी
पाए भने अवसर बढ्छन् अघि सरासरी।
२.
हुने नहुनेले समान अवसर पाउनु पर्छ
तब मात्र देशको गति एकनासले अघि सर्छ।
✍️ पुष्पा राई
खाेटाङ।
[१४]
१.
न्याय र समानता खोज्नै पर्ने भयो
छैन कतै मानवता खै कता गयो ?
२.
दिनु हुन्न मर्न न्याय सचेत बन्नुपर्छ
सबै अटने फराकीलो मार्ग खन्नुपर्छ ।
✍️ कृष्ण घिमिरे उदार
पाणिनि ७, अर्घाखाँची
[१५]
१.
ईश्वरले सृष्टि गरेकाछन् मनुष्य हामी सबै एकनास
सुन्दर मनुष्य जुनीकाे चाेला मिलीजुली खाउ एक गाँस ।
२.
जन्मले मात्र काहिँ काेही हुदैन ठूलाे सानाे जात
कर्मले बताउछ काे कस्ताे भन्ने वास्तविक बात ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[१६]
१.
अधिकार खोजौँ
अधिकार रोजौँ।
२.
सबैको यहाँ मनमा आनन्द भरौंँ
अधिकारको निमित्त एकता गराैँ ।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
[१७]
१.
बेथिति, कुसंस्कारले सिमा नाघ्छ जब
कोही पनि अन्यायमा पर्नु हुन्न अब ।
२.
गाउँ बस्ती शहरबाट सबै जना उठौँ
हातमा हात नै मिलाई हक लिन जुटौँ ।
✍️ रचना मोक्तान “यात्री”
नमोबुद्ध न.पा.- ५, काभ्रे ।
[१८]
१.
शरीर उस्तै तन्तु नि, त्यस्तै अझ कुहिने मासु
न्याय र समानताकाे बदला किन दिन्छन् आँसु।
४.
एकजुट भइ सत्य र निष्पक्षताकाे पाइला अघि सराैँ
मानवजनमा न्याय र समानताकाे हक स्थापित गराैँ।
✍️ रमादेबी बानिया
कटुन्जे, भक्तपुर।
[१९]
१.
समानता समभाव र समन्याय सभ्यताको माग
ऐन क़ानुनमा लेखेर मात्र हुँदैन चेतना जाग ।
२.
व्यवहारमा खै के समानताको हक़ लागु गरेको
देखिँदैन कि असमानताले नै नागरिक मरेको ?
✍️ भूषण जंग
इमाडोल ललितपुर
[२०]
१.
न्याय र समानताको हक किन मर्यो देशमा
सरकारमै बस्नेहरू नै हुन्छन् छद्म भेषमा।
२.
भन्छन् तिनीहरू न्याय र समानता छ बराबर
के सबैले उपयोग गर्न पाएका छन् सरासर ?
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हाल: अमेरिका,बोस्टन।
[२१]
१.
न्याय र समानताको हकको कुरा संविधानमा त लेखियो
तर व्यबहारमा त जताततै अन्याय मात्र नै पो देखियो ।
२.
बरु जानै परे पनि त जेल लगाएर नेल
समानता ल्याउ असमानताकाे हटाइ खेल ।
✍️ सुशीला शिखा
काठमाडौँ कागेश्वरी
[२२]
१.
पाउनु पर्छ हामीले समान अधिकार केही गर्न
न्याय अनि समानतालाई कहिले दिनुहुन्न मर्न।
२.
न्याय र समानताको अधिकार सबैले खोज्नु पर्ने भयो
भेटिदैन कतै पनि मानवमा मानवता खै कता गयो ।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही, बुटवल
[२३]
१.
सामाजिक अधिकार न्याय पाउनु पर्छ
न्यायले नै समाजमा शान्ति स्थापित गर्छ ।
२.
जातिभेद र लिङ्गभेद वर्गभेद छोडौँ
समानताको अधिकार समाजमा जोडौँ ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[२४]
१.
अधिकार मागि पाईदैन खोसेर लिनु पर्छ
दुख दिने मान्छे जो भएपनि बल्ल पछि सर्छ।
२
विश्वासको कमिले नै सबै कुरा मर्छ
तेरो मेरो नभनेर हाम्रो भन्नु पर्छ ।
✍️ सञ्जना शर्मा
लमही, दाङ
[२५]
१
न्याय अनि समानताका त्यति मीठा नारा
व्यवहारमा शुन्य हुँदा बिग्रेको छ सारा ।
२
पाउनुपर्छ लेखे जति उपभोग गर्न
दिनुहुन्न कसैलाई नि सित्तै यहाँ मर्न ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर, झापा
[२६]
१.
छोराछोरी भनेको समाज र देशको खाँबो भन्छन्
न्याय समानता ल्याउन जालसाजीको भोट गन्छन्।
२.
जात धर्म वर्ण लिङ्ग भन्दा भव्य हुन्छ मानवता
मनका छुद्र भावना पखाली हटाऔं दानवता ।
✍️ रतन पाण्डे ‘पारतन’
दार्जिलिङ
[२७]
१.
भनिन्छ यहाँ समानताको हक अधिकार सबैमा बराबरी हुनुपर्छ
तर यहाँ अन्याय गर्नेले पैसा र पावरको भरमा न्याय पाउने गर्छ ।
२.
अझैसम्म निर्मला हत्याको किन पाउन सकेको छैन न्याय आमाबुबाले?
हत्यारा पत्ता लगाउन नसक्दा सरकारले अनेक उपाय गर्न थाले।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[२८]
१.
अपशकुन खबरहरु नपरोस् सुन्न
जो कोही पनि यहाँ अन्यायमा पर्नु हुन्न ।
२.
हाम्रो देशमा सुख अनि समृद्धि आओस्
न्याय र समानताले जताततै छाओस् ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा ।
[२९]
१.
गरौँ छलफल फुकाएर धक
खोजौैँ न्याय र समानताको हक।
२.
हक र अधिकार खोसेर लिउँ
स्वतन्त्र भई हामी रमेर जिउँ ।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती न.पा.-३, काभ्रे
[३०]
१.
न्याय र समानता कानुनमा मात्रै सीमित भए
निमुखाहरू त अब शून्यतामा हराउँदै गए ।
२.
बोलीमा झैँ व्यवहारमा सबैलाई न्याय दिऔँ
अन्यायको पासो तोडेर हाँसीहाँसी अब जिऔँ ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौ
[३१]
१.
न्याय र समानता, नेताका नारा
ठगिए यहाँ, जनताहरू सारा ।
२.
कानुन सबै, पाना मै छन्
न्याय त, कहाँ पाइने झन् ।
✍️ नागेन्द्रप्रसाद यादव
दाङ
[३२]
१.
डरले निहुराई शिर पछि नमान थकथक
बराबर छ सबलाई न्याय र समानताको हक ।
२.
न्याय र समानताको हक जनताको अधिकार
गणतान्त्रिक देशको यहि हुनै पर्छ उपहार ।
✍️ चिरञ्जीवी श्रेष्ठ
धनकुटा ।
[३३]
१.
संविधानमा लेखियो न्याय र समानताको हक
रगतको यो उपलब्धिलाई लागु गरौँ वेसक ।
२.
हाम्रो अधिकार न्याय, शिक्षा, स्वास्थ र रोजगार
कोही माइकालालले गर्न नखोज छेकवार ।
✍️ ध्रुव श्रेष्ठ
खोटाङ, हाल काठमाडौँ ।
[३४]
१.
न्याय सम्बन्धी हक सबैलाई हुनु पर्दछ बराबरी
जन्मिएको धरामा सबैथोक हुनुपर्दछ सराबरी ।
२.
न्याय र समानताको हक किन हुँदैन समान ?
पीडित छन् धेरै सम्मान छाडी मिल्दछ अपमान ।
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३५]
१.
कानुनमा लेखिएनि जनताले न्याय पाउन गाह्रो
समानताका कुरा गर्नेहरूबाटै परेको छ साह्रो ।
२.
बन्छन् समानताका कानुन उठ्छन् विभेद विरुद्धका नारा
प्रत्येक दिन अन्यायमा परेका छन् मध्यम र सर्वहारा ।
✍️ विक्रम तिरुवा सलिन
जुम्ला
[३६]
१
समानता कुरा मात्रै गर्छन् नेताहरू
कुरा भन्दा काम धेरै गरे हुन्थ्यो बरु।
२.
घरबाटै शुरु गराैँ समानताका कुरा
अनि मात्रै हुन्छ हजुर सबै इच्छा पूरा।
✍️ भवानी पाेखरेल( बाबू विराज)
बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
[३७]
१.
लिखितसँगै व्यवहारमा पनि समानता उतारौँ
ढिला भयो सार्वभौम छ भन्ने अब त सबैमा पारौँ ।
२.
विश्वास सहित पाउनु पर्छ मौलिक हक
तब मात्र विकास हुनेछ फुकाएमा धक ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[३८]
१.
अन्यायको विरुद्धमा उठौ अनि जागौँ
समानता बनाउने तर्फ हामी लागौँ।
२.
असमानता भेदभावको अन्त्य गरौँ
न्यायको निम्ति हामिले सचेतना भरौँ।
✍️ नवशिला
बेलबारी-२, लालभित्ती, मोरङ।
[३९]
१.
लिङ्ग, जात, धर्म, वर्ण र रंगमा भएको भेद
कलम मार्फत हटाउनु छ नगरेर खेद ।
२.
रगत सबको रातो हुन्छ, उस्तै देख्छु लास को खरानी
मान्छे मान्छे बिचमा पनि बर्गमा भेद देख्छु नी परानी ।
✍️ उमा दाहाल
शुन्दर हरैँचा -१०, मोरङ
[४०]
१.
कुनै जात धर्म वर्ग सम्प्रदाय प्रतिको भेदभाव तोडौँ
न्याय र समानताको हकको लागि सबले बिचार मोडौँ ।
२.
हुनुपर्छ समानता सरकार खराखर
देशभित्र बस्ने सबलाई न्याय बराबर ।
✍️ इमान सिंह के.सि.
ब्यास ९, धनुबेसी,कलेस्ति, तनहुँ
हाल नागार्जुन २, सुन्दरवस्ति,गैरिगाउँ
काठमान्डौ
[४१]
भेदभावको तगारो हटोस्
समानता व्यवहारिक होस् ।
✍️ बिके मुखिया
दार्जिलिङ भारत।
[४२]
१.
न्याय अनि समानताका बेला बेला खोल्ने नारा
सदुपयोग नहुदाँ बिग्रेको छ समाज सारा ।
२.
जातीय, भाषिय, धर्म र वर्ग भेदभाव ताेडाैँ
सबै मिलेर न्याय र समानताको हक जाेडाैँ ।
✍️ कृष्ण धामी
बझाङ
[४३]
जन्म नै हो अवसर सबकाे समान हुन पाउनुपर्छ
न्यायको कुरा गर्नुहोस् सुरक्षा ओत जस्तै छाउने गर्छ ।
✍️ पुष्पाशायरा
विराटनगर ।
[४४]
१.
समानताका नाराले किन मान्छस् र लाज ?
व्यवहारमा निराकार कागजमा राज ।
२.
कागज मसि हुन् बेमान लिपि सजाउने
व्याख्या गर्ने व्याख्याकारले लाज पचाउने ।
✍️ जि बि चिन्तान
[४५]
१.
न्याय र सम्मान हक भन्छौ आफूलाई पर्दा खेरि
अघि सरि मै हुँ भन्दै, तलमाथि गर्छौ किन फेरि ?
२.
नहोस् अब आकाशको फल झैँ आँखा तरि मर्यो
भन्ने मात्र हैन व्यवहारमा नि उतार्नु पर्यो ?
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[४६]
१.
विदेशको डलरले गर्नसम्म गर्यो
न्याय र समानताको हक सबै हर्यो !
२.
जात धर्म सम्प्रदाय हिंसा फैलाउनु
हुँदै हुन्न विभेदले राष्ट्र मैलाउनु ।
✍️ विवश पारदर्शी
झापा ।
[४७]
१.
अन्याय बुझ्ने कस्ले र यहाँ परेको
हुन्न राम्रो म्याद थप्दै पर सरेको ।
२.
मानिस हुन समान रगत सबको रातो हुन्छ
विभेद नगर पलपलमा सबैको मन छुन्छ।
✍️ दुर्गा आचार्य
मोरङ
[४८]
१.
कुरो गरेर मात्रै हुन्न है बकबक
खै कहाँ छ न्याय र समानताको हक ?
२.
उचनीच नगर्ने हुनुपर्छ जनक
तब हुन्छ न्याय र समानताको हक ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[४९]
अन्यायमा परेकाले न्याय पाउन कति लडे
भएन है सुनुवाई यहाँ आखिर यसै सडे ।
✍️ कमला देवकोटा
पाल्पा
[५०]
१.
मान्छे किन सर्वश्रेष्ठ, भनिएको बुझौँ अब
वर्ग वर्ण लिङ्ग भेदमा रङ्गिएर हो सब।
२.
आफ्नो तागत आफैँ प्रयोग गर्न किन पछि पर्यौं?
शक्ति पूज्ने संस्कारलाई थाती राखेर गल्ती गर्यौं।
✍️ मनोहरी पौडल
गैडाकोट १, नवलपुर
[५१]
१.
न्याय मर्नु हुंदैन यो देश जनताको हितमा चलोस्
अन्याय अपराधी तहमा राख्न शान्तिको दियो बलोस् ।
२.
सांसदबाट बहुमतले पास गरेको कानुन
बोल्न खान हक अधिकार बराबर हो जानुन ।
✍️ चुडामणी देबकोटा
हाल सिमरा बारा
[५२]
१.
गर्भमै तुहिएको छ छोरी, न्यायको कुरा गर्छौ
रूढिवादी समाजमा कसरी समानता भर्छौ ।
२.
न्याय र सुरक्षाको पाइँदैन कुनै भेऊ
हुँदा खाने हुने खानेमा समानता लेऊ।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ
[५३]
नारा चल्छ समानताको पूरा हुन्न कहिले
थिचोमिचो र भेदभाव उस्तै देख्छु जहिले ।
✍️ बिके माकजू
भक्तपुर ।
[५४]
१.
न्याय अनि समानताका हुन्छन् बेला बेला कुरा
तर गरिबका सपना रहेका सधैँ अधुरा ।
२.
तुहिन्छन् छोरी गर्भमै, भाषण के न्यायको गर्छौ
बाहिर लोकचारले कसरी समानता भर्छौ ।
✍️ दुर्गा भट्टराई
मोरङ
[५५]
१.
हामी देशका नागरिक हौँ, कर्तव्य गरौ पहिले
न्याय र समानताको हक मिल्नेछ तब जहिले।
२.
न्याय र समानताको हक मात्र नहोस् नारा
संविधानमा मात्र नभएर छरियोस् सारा ।
✍️ माेति सुब्बा
दार्जिलिङ, भारत।
[५६]
बर्सादमा तैरिदैछ गरिबकाे यी छाना
ज्याला मजदुरले भरेन दुखिकाे माना ।
✍️ दीपा शाही रावत
कैलाली ।
[५७]
१.
कानुन मिच्दै न्याय खोसिन्छ
समानताको आगो झोसिन्छ ।
२.
उनै चोर साधू उनै न्यायाधीश
उनै छन् समाजका सच्चा वारिश ।
✍️ सागर आँसु
डोटी
[५८]
जात, धर्म र लिङ्ग छुट्टाएर नगराैँ तँछाडमछाड
पहाड, हिमाल, तराई समान हो नगरौँ छेडछाड।
✍️ इन्दु श्रेष्ठ
चितवन
[५९]
१.
न परिश्रम पोख्ने ठाउँ छ न लाग्छ कुनै लक
शासन पारिबाट हुन्छ भने पाइदैन हक ।
२.
शासन सत्ता हातमा लिन झुक्याउने सारामा
समानताको हक पायौं केवल तेरो नारामा ।
✍️ रिजाल विनोद
मोरङ
[६०]
१,
छलफल गरि आफ्नो हक,आफै खोजीनिधी गरौँ
तिम्रो हक यो रहेेछ भन्दैन्,आउछ भ्रम नपरौँ ।
२,
धनी गरिब बृद्ध बालक, सबै एकजुट हुन्छौँ
समाज मिलि समानताको, बिगुल भै खोजी सुन्छौँ ।
✍️ एवाइ प्रभात
सहिदभुमि धनकुटा
[६१]
१.
आत्मसम्मानको लागि गर्नुपर्छ सबले लडाइँ
हकहित सुरक्षित गरि मनाउ हर्क बढाइँ ।
२.
अन्याय सहनु नि पाप रहेछ हुन्न सहन
उक्साहटमा लागेर कतै नखोजौँ बहन ।
✍️ रुपा गाैतम
बारा
[६२]
१.
न्याय माथि अन्यायकाे नै जीत भयाे
समानताको हक खै त कता गयाे ?
२.
हुटहुटिको नाराले मात्र न्याय पाउँदैन
याे मन नमिलेसम्म समानता आउँदैन।
✍️ रिना सापकाेटा
बारा
[६३]
१.
तोडौँ कुसंस्कारको जालो, गरौँ सफा बाटो
समानताको चौतारी राम्रो, फुट्नुको साटो।
२.
नसामा बग्ने सबैका रगतको रङ्ग रातो
जातीय भेदभाव विरुद्ध लडौँ, लिउँ सातो ।
✍️ यमुना प्रधानाङ्ग’मुना’
वीरगञ्ज, पर्सा।
हाल ललितपुर
[६४]
१.
न्यायमा अन्यायको किन जीत देखियो
त्यसैले पो न्यायको यहाँ रीत मेटियो ।
२.
समानताको हक भनेर कहाँ पाइन्छ
यसको लागि आफूमा गुणत्व नि चाहिन्छ।
✍️ नीता गुरूंग
असम, भारत।
[६५]
खोज्ने हो अधिकार ठानी न्याय निसाफको हक
बराबर सबमा न्याय भनौँ भैकन निर्धक ।
✍️ रामजी लामिछाने
पोखरा
[६६]
१.
अघि बढ्नु छ न्याय अनि समानताको लागि
अन्यायको विराेधमा हामी लडौँ साथ मागि ।
२.
यो देशमा ठुलोले मात्रै न्याय पाउने
गरिब निमुखालाई कानुन लाउने।
✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[६७]
कापिका पानामा मात्र नहोस् कानुन सीमित
न्याय समानता पाउन नहोस् कोही वञ्चित।
✍️ रिता खराल
रूपन्देही
[६८]
न्याय बराबर दिनुपर्छ मानवता झल्किन्छ
हक अधिकार ऎना झैँ गरि समान टल्किन्छ।
✍️ भुपेन्द्र राना मगर
धादिङ
[६९]
सरकार सामु हाम्रो पीर राखेको पहिले
अन्यायमा परेकाले न्याय पाउँछन् कहिले ।
✍️ हिमा आर सी
मेहेलकुना सुर्खेत
[७०]
न्याय र समानता कुरा कागजको पानामा मात्र हुन्छ
सोझा सिधा जनता न्याय खोज्न जादा सरकारले थुन्छ ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[७१]
न्याय अनि समानता हो हक अधिकार हाम्रो
एक अर्काको अस्तित्वलाई स्वीकार गर्नु राम्रो ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[७२]
१.
न्याय अनि समानताका कुरा मात्र गर्छन्
न्याय दिन अझ पनि ति किन पछि पर्छन् !
२.
उठ साथी समानताका कुरा गरिदेऊ
पीडितलाई न्यायको मलम भरिदेऊ !
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३
[७३]
१.
न्याय नपाए गोर्खा जानू भन्ने चलन थियो हिजो
आज न्याय समानता नभई बस्न मानेका झिजो।
२.
छोरा र छोरी भन्छन् बराबरी हुँदैन सज्जन
बिहेपछि माइतीघर हुन्छ सधैँको उल्झन ।
✍️ भगवती दवाडी
झापा
[७४]
न्याय नि त बन्धक भएको याे देशमा
कता खोजौँ समानता खै कुन भेषमा ।
✍️ भेष कुमारी लामिछाने देवदह ०५
खैरेनी रुपन्देही ।
[७५]
१.
निमुखाले मात्र त मानेकाे देखेँ अहिले नेपालकाे कानुन
ठालुहरूले माने मानेनन कानुन बनाउने नै जानुन !
२.
कुन्नि के भन्छन् सबै ‘ बलियाकाे जे पनि प्रयोग हुने हतियार’
जताततै छुटेकै देखिन्छ शक्ति र पदमा हुनेका मतियार !
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौँ
[७६]
१.
सुशासन देशमा आउनुपर्छ
सबैले समानता पाउनुपर्छ ।
२.
न्याय मर्नु भन्नू यो होइन राम्रो
कानुन फितलो सधैँ नै छ हाम्रो ।
✍️ ऋषिराम खनाल
मध्यबिन्दु -६ नवलपुर ।
[७७]
१.
समानता, न्यायको आस पनि गयो मरेर
सकिए अब त आँखाका पानी पनि झरेर।
२.
कहिल्यै नसकिने भयो यो न्यायको लडाईँ
व्यर्थ सावित भयो क्रान्तिकाे खोरिया फडाईँ।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके
[७८]
जपेर न्याय समानता मन्त्र
फैलाउँ लाै सूसँस्कृत स्वतन्त्र।
✍️ हरिगाेपाल प्रधान
बनेपा १४ साँगा बजार ।
[७९]
१.
समाजमा सबले न्याय पाउनु पर्ने होला
अन्यायमा दबाब दिए सबको मन रोला ।
२.
भेदभाव र छुवाछुत आजैबाट अन्त्य गरौँ
देशको विकास गर्नलाई सबै युवा अघि सरौँ।
✍️ आशिष ऐडी
कालिकोट पचालझरना
[८०]
१.
जीवित छ अझै छुवाछुत र जातीय भेदभाव किन ?
नास हुन्छ धर्मसंस्कृति र समाज न्याय मरेको दिन ।
२.
अनेकतामा एकता, कायम राखौँ भाइचारा र समानता
रगत सबैको रातो, सामाजिक सद्भाव नै हाम्रो महानता ।
✍️ शुक्रराज कुँवर
धरान १०
[८१]
सबैले एकै समान न्याय र हक पाउनु पर्छ
दुर्गम होस् या सुगम शिक्षाको ज्योति छाउने गर्छ ।
✍️ सम्झना थापा मगर
स्याङ्जा
[८२]
न्याय र समानता नारामा मात्र छ अघि सरेको
कानुन किन्न नसक्नेले मात्र दण्ड भोग्नु परेको ।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[८३]
१.
न्याय र समानताका कुरा कति गर्नु
न मिल्छ कहिले खै ? आफैँमा क्षति मर्नु ।
२.
अधिकारका कुरा गरेर कहिल्यै समाजसेवी थाक्दैन
उसैकाे घरमा उदण्ड मच्चिन्छ इमानकाे राेटी पाक्दैन।
✍️ भावना मञ्जु
[८४]
१.
अपराधीलाई दिनुपर्छ दण्ड
कानुनलाई नपारी खण्ड खण्ड ।
२.
हक अधिकारमा हुनुपर्छ समानता
अपराधीलाई सजायमा एकरूपता ।
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
[८५]
१.
समानता र न्यायको जसले वकालत गर्दा
कसले देख्यो नि ! जहिले पनि असहाय मर्दा ।
२.
समानता पाउन अब त सजग बन्नु पर्छ
न्याय पाउन नसके मानिस ज्युँदै मर्ने गर्छ ।
✍️ दुर्गा ढुङेल
लिखु -३, ओखलढुंगा
[८६]
नसा नसा सल्वलाउँछ सम विकास देखिँदैन कसै
विभेदको जरा खोज्छौ न्याय र समानताको हक जसै ।
✍️ लक्ष्मी पोखरेल
बिराटनगर
[८७]
पीडित वर्ग झन् अन्यायमा परेका छन् सबै
शोषकलाई निर्मूल पाराैँ छाेड्नु हुन्न कबै ।
✍️ शारदा बि.सी.
शितगङ्गा ५, अर्घाखाँची
[८८]
नबोले भन्दछन् लाटो बोल्दा फेरि छुचो भने
माैन बस्दा पनि भ्रष्ट देशका नाइके बने ।
✍️ लोचनकुमार शर्मा नेचाली
सोलुखुम्बु
[८९
मान्छे सबै एउटै हाे फरक नजानौँ
विभेद गर्ने कसैले नि हक नठानौँ ।
✍️ सर्मिला सुनार
गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका
[९०]
संविधानमै सीमित छन् न्याय र समानताकाे सबै अधिकार
दबाउनेमै व्यस्त छन् भएन परिवर्तन मान्छेको व्यवहार।
✍️ पुनिता कुमारी चौधरी
सुरूङ्गा न. पा.:-११,
महेशपुर,सप्तरी
[९१]
१.
के लेखौ टुक्का न्याय समानताको पटक पटक हरण भएको देशमा ?
आउॅछन् यहाॅ दिनदहाडै महिलाकाे अस्मिता लुट्न साधु सन्तको भेषमा I
२.
खै त समानता नातावाद र कृपावाद हाबी भएको देशको के कुरा ?
टुहुरा सरी छन् गरिब निमुखा किन रोपिन्छ विभेदका सङ्गीन छुरा I
✍️ हिमा गाहा
तिनाउ-१, कचल, पाल्पा
[९२]
अन्याय र असमानताको दिनानुदिन हुदैछ समाजमा बृद्धि
अङ्कुरित आशा मरेको छैन अवश्य गणतन्त्रले देला समृद्धि ।
✍️ शर्मिला श्रेष्ठ
भैंसेपाटी, ललितपुर
[९३]
समानताकाे हक हाम्राे मानव अधिकार
अझै किन न्याय खोज्न गर्नु पर्छ मारामार ।
✍️ रश्मि रिमाल
झापा
[९४]
माकुराको धर्म नै हो उसले सधैँ जाल बुन्छ
अपराधीकाे दाउ उस्तै अन्यायकाे पछि हुन्छ ।
✍️ उमा ओडारी
पाँचथर
[९५]
१.
धनी र गरिबमा समान न्याय हुनुपर्छ
सत्य कर्मले अब सबैको मन छुनुपर्छ।
२.
रोइ रहेका आत्माहरू हाँस्ने दिन आओस्
कानुनले सबैलाई समान न्याय ल्याओस् ।
✍️ वीणा रोका
दाङ।
[९६]
१.
नारीलाई समान हक अधिकार चाहिन्छ
अनि मात्र समाजमा खुसी सबले पाइन्छ ।
२.
नैसर्गिक अधिकार हामीले अब खोज्न
समानताको हक सबले पाऊँ है रोज्न ।
✍️ तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा
[९७]
पैसासँग कानुन साटिए न्याय कहाँ पाऊँ
शासक स्वयम् शाेषक भए अब कता जाऊँ ।
✍️ निरज काेइराला
इटहरी -१६
[९८]
१.
हामी सबै समान हौँ भन्ने बुझ्नु पर्छ
अनि मात्रै न्यायको पाइला अघि सर्छ ।
२.
कानुनको हत्कडी सधैँ सबै सामान हुनुपर्छ
हक अधिकारले सबैको घरदैलो छुनुपर्छ ।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
[९९]
१.
बाहाँजोरी गर्ने गरौँ हक माथि दाबी
सङ्घर्ष हो अन्यायको ताला खोल्ने चाबी ।
२.
ठुलाबडासँग बोल्दा सधैँ मान्नु पर्छ धक
निमुखालाई कस्ले दिन्छ समानताको हक ?
✍️ बाबुराम गौतम
गुल्मी
[१००]
अधिकार न मागेर पाइन्छ न त पाइन्छ खोसेर
आफ्नै हककाे लागि आफैँ लड्नु पर्छ हुदैन दाेषेर ।
✍️ विक्रम वली “नेपाली बाबु”
घाेराही ११, दाङ
[१०१]
१.
भए जति गाउँ घरमा सानातिना
अब मिलेर बसौँ भेदभाव बिना ।
२.
सहि गलत छुट्याउने काम समाजले गर्छ
आफ्नो न्याय अधिकार आफैँले खोज्न जानुपर्छ ।
✍️ रत्ना पुन मगर
रुकुम
[१०२]
१.
अन्यायलाई न्याय दिनु हो सर्वोपरी हित
समानताको हक भन्दै गाउनु मात्र गीत ।
२.
एउटा रथको दुई पाङ्ग्रा पुरुष र नारी
समानरुपले हिडेपछी हुने छैन भारी ।
✍️ अम्बिका गिरी
बिराटनगर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।