साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रहको परिचर्चा हालै चितवनमा सम्पन्न भएको छ ।
अक्षर समूह चितवनको आयोजनामा सम्पन्न सो परिचर्चा कार्यक्रमका तीन वक्ताहरुले सत्याग्रहमाथि बोलेका थिए । यसरी सत्याग्रहमाथि विचार पोख्दै वरिष्ठ साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि केदारनाथ खनालले सत्याग्रह वर्तमान समयको यथार्थतालाई चित्रण गरिएको पठनीय सङ्ग्रह बनेको बताए । टिप्पणीकार सुरेन्द्र अस्तफलले कथाहरु विविध भावधाराका रहेको विचार पोखे । अर्का टिप्पणीकार अविरल यात्रीले लाकोजूका कथाहरु अर्गानिक रहेको बताए ।
उदय अधिकारीको अध्यक्षता र अक्षर समूहका अध्यक्ष रमेश प्रभातको सहजिकरणमा सम्पन्न सो कार्यक्रममा साहित्यकारहरु रामसुन्दर देउजा, रामहरि श्रेष्ठ, रेशम विरही, शान्ती शर्मा, ठीकाराम रेग्मीलगायतले मन्तव्य दिएका थिए ।
ट्रान्सवल्ड प्रकाशनले प्रकाशन गरेको सत्याग्रहमा जम्मा एघारओटा कथाहरु रहेका छन् । सङ्ग्रहित कथाहरूले देशभक्तिको भावना बोकेका छन् । वर्तमान राजनीतिको विषयमा पनि कथा बोलेको छ । कथाहरूले समाजिक विकृति, विसङ्गतिहरूलाई निमित्यान्न पार्नुपर्ने विचार पनि उठाएको देखिन्छ । जनताको नागरिक हक र अधिकार प्राप्तिको लडाइँको विषयलाई पनि कथाले बोकेको छ । हुँदा खानेहरूको पीडाको चित्रण कथामा छ । प्रेम, प्रणयका विषय पनि कथाहरूमा उठाइएको छ । प्रेमलाई प्रेरणा र समर्पणको रुपमा चित्रण गर्ने काम कथाका माध्यमबाट कथाकारले गरेका छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला