७७ औँ स्रष्टा पदयात्रा यही पुस ७ गते सम्पन्न भएको छ ।
यसपटकको पदयात्रा काठमाडौँको सुन्दरीजलदेखि प्रारम्भ भएको थियो । शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै गरिएको २४ स्रष्टा सहभागी पदयात्रा तारेभीरमा पुगी सम्पन्न भएको थियो ।
यात्राका क्रममा निकुञ्ज भित्रको यात्रा मार्गका विभिन्न स्थानमा चार चरणमा गरी रचना वाचन सम्पन्न भएको थियो । अन्तिम चरणको रचना वाचन तारेभीरमा भएको थियो ।
यस पदयात्रामा एनबी जनकपुरी, परिच्छेद सेन, मिना अधिकारी तिमल्सिना, शीतल गिरी, परशुराम परासर, हरिश कल्पित, कल्पना आचार्य, नानीबाबा अधिकारी, वुद्धिसागर पौडेल, विमल अर्याल, शारदा पराजुली, डा. वालचन्द्र मिश्र, विनोद नेपाल, एन्जेल निलु ( मैथिली भाषामा), रुवी सत्याल, अप्सरा ढकाल तथा घनश्याम प्रसाईँ समेतका स्रष्टाद्वारा आआफ्ना रचना वाचन गरिएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
editor र साहित्यपोस्ट
चैत्र १६, शुक्रबार १३:५९