गीतकार तथा कवि आविष्कार कलाको शब्द रहेको ‘अरूण तमोर’ बोलको देशभक्ति भिडियो गीत सार्वजनिक भएको छ । उक्त गीत मुकुम्लुङ (Mukumlung) युट्युब च्यानलमार्फत भिडियोसहित सार्वजनिक भएको हो ।
आविष्कारले भर्खरै सार्वजनिक गीतमा देशप्रति औँधी माया झल्केको देखिन्छ । देशका युवाहरु दैनिक लाखौँको संख्यामा विदेश उडिरहेको अवस्थामा युवाहरु देशमै बसेर वा एकजुट नभइकन देश विकास नहुने गीतमार्फत् सन्देश दिइएको छ ।
सार्वजनिक भएको देशभक्ति गीतमार्फत् भनिएको छ, ‘अरुण तमोर नमिले कोशी बन्दैन, युवाहरू नजुटे देशै बन्दैन ।’
गीतमार्फत् अनुपम देशको डाँडापाखा, पाखा पखेरा र कला संस्कृतिको पनि गुणगान गाइएको छ । लयात्मक गीतले सुन्दर देशको विकासको मुहार फेर्नलाई कसैको गुहार नचाहिने र सबै मिली देश बनाउन सकिने बलियो सन्देश दिन खोजेको छ ।
गीतले अनुपम प्रकृतिको गुणगान गाउँदै थप सौन्दर्यता र सन्देश दिएको छ नेपलमा गुराँसको राजधानी भनिने तिनजुरे मिल्के जलजलेलाई गीतमा यसरी उनेका छन्–भनेको छ ‘तिनजुरे मिल्के जलजले हाम्रो गुराँसको राजधानी गाउँघर आफ्नो बिरानो बनाई विदेशमा जवानी, फर्क हे भाई देउराली सम्झी हिमाली पाखामा, बसेर गाउला दुःख विसाउँला हाक्पारे भाकामा ।
फर्कनैपर्छ मातृभूमिको फेर्नलाई मुहार, श्रम र सीप धन र बल चाहिदैन गुहार, उचोमा उचो हिमाल हाम्रो चुली हो संसारको, विकास गरौँ मुहार फेरौँ प्राकृति अनुसारको ।’
सार्वजनिक भिडियो गीतको संगीत धनु ज्ञामी मगरले भरेको छन् भने मनोज साङसोङ राईले गीतमा स्वर भरेका छन् । कोरसतर्फ मोनिका राई र अतित थेबेको प्रस्तुति रहेको छ ।
यसअघि पनि कलाको सीमामा हुने अतिक्रमणका विरुद्धमा सशक्त गीत‘खबरदार विस्तारवाद’ ल्याएका थिए । जसमा जनवादी गायिका नीलिमा पुनको स्वर र सङ्गीत रहेको थियोे । त्यसैगरी स्वदेश गीत‘सगरमाथा गर्वको छातीमा कृष्णभक्त राईको सङ्गीतमा राजन पालुङ्गा लिम्बूको स्वर रहेको थियोे ।
जनवादी गायक जीवन शर्माको स्वर र सङ्गीतमा ‘यही माटोमा’ जस्ता आविष्कार कलाका शब्द रहेका देशभक्तिपूर्ण गीतहरु सार्वजनिक भैसकेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।