असम डिगबोइका बसेर नेपाली कला, साहित्य र संस्कृतिको क्षेत्रका काम गरिरहेका युद्धवीर राणालाई सन् २०२३ को साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ ।
उक्त पुरस्कार राणाको ‘नेपाली लोक साहित्य र लोक संस्कृतिको परिचय’ कृतिका लागि प्रदान गरिन लागिएको हो ।
राणका सन् १९८२ मा चिहान नपाएका तक्माहरू (लामो कविता) प्रकाशित भएको थियो । यसका अतिरिक्त मानव यात्रा (२००३), नेपाली संस्कृति : हाम्रो अस्तित्व (२००६), सृष्टि र प्रवर्जन (२०१७), नेपाली लोकसाहित्य र लोकसंस्कृतिको परिचय (२०२०) लगायतका कृति प्रकाशित रहेकाछन् । हरिभक्त कटुवालको ‘यो देशको माटोले भन्छ’ लगायतका गीतहरूमा समेत राणाले स्वर दिएका छन् ।
‘हरिभक्त कटुवालभन्दा चारवर्ष कान्छा राणाको साहित्य यात्रा कटुवालकै प्रभावमा भएको हो ।’ भन्दै इन्द्रेणी प्रकाशन असमका बोडअफ रेक्टर रुद्र बराल ‘यस्ता एक प्रवीण साहित्यकार अकादमी पुरस्कारले सम्मानित भएकोमा हामी अत्यन्त हर्षित भएको बताए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।