कवि रेशम विरहीको कवितासङ्ग्रह ‘प्रतिरोधको लय’को फुटपाथ विमोचन गरिएको छ । न्यूरोडस्थित फुटपाथमा सो कवितासङ्ग्रह विमोचन गरिएको हो ।

पुस्तकको फुटपाथ विमोचन सांसद् रघुजी पन्त, कविहरू विमल निभा, श्यामल, कृष्णमुरारी भण्डारी, पुरुषोत्तम सुवेदीलगायतले गरेका हुन् ।

कवितासङ्ग्रहलाई इन्डिगाे इङ्कले बजारमा ल्याएकाे हाे ।