नेपालभाषाका वरिष्ठ कवि तथा लघुकथा लेखक डा. आनन्द जोशीलाई ‘याताज श्यामविश्व पुरस्कार’ प्रदान गरिएको छ । याताजद्वारा भक्तपुरमा आयोजित एक समारोहका बिच जोशीलाई पुरस्कार हस्तान्तरण गरिएकाे हाे ।
प्रमुख अतिथि एवं समाचालोचक पुष्पराज राजकर्णिकारले डा. जोशीका प्रतिनिधि विष्णुकेशरी ताम्राकारलाई २५ हजार पाँच सय पचपन्न रकमसहित प्रमाणपत्र प्रदान गरे ।
पुरस्कृत व्यक्ति डा. जोशी कामको सिलसिलामा देशबाहिर छन् ।
कार्यक्रममा प्रमुख अतिथि राजकर्णिकारले डा. जोशीको लघुकथामा समसामयिक विषयको प्रस्तुति प्रभावकारी रूपमा आएको बताए । पुरस्कारले आफ्नो सिर्जनालाई हौसला प्रदान गरेकोमा खुसी व्यक्त गरिएको स्रष्टा डा. जोशीको सन्देश पढेर सुनाइएको थियो ।
चयन कमिटीका सदस्य एवं समालोचक पूर्ण ताम्राकारले कवितामा चर्चित कवि जोशीले लघुकथामा पनि उल्लेख्य रहेको बताए । याताजका संयोजक विमल ताम्राकारले संस्थाले अवदेखि नियमित कार्यक्रममा ध्यान दिनुका साथै संस्थालाई सक्रिय बनाउन छिटै पुनर्गठन गरिने बताए ।
कार्यक्रममा स्रष्टा श्याम आशाको नयाँ लघुकथासंग्रह थ्व देय् लोकार्पण पनि गरियो ।
वरिष्ठ कवि योगेन्द्र प्रधानको सभापतित्वमा कार्यक्रम भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।