भद्रपुर । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३८ औँ साधारण सभाले कवि कृष्ण सुवेदी निराकारको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । झापा सदरमुकाम चन्द्रगढीमा वि.सं २०३७ साल स्थापना भई निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई वर्षे कार्यकालका लागि निराकार नेतृत्वमा सर्वसम्मत समिति गठन भएको हो ।
समितिको उपसभापतिमा खगेन्द्रा खुसी, सचिव हरिकिशोर आचार्य, सहसचिव उषा गुरूङ र कोषाध्यक्षमा गोविन्द कोइराला सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी, सदस्यहरूमा क्रमशः निर्मला बास्तोला दङ्गाल र जनार्दन उप्रेती निर्वाचित भएका छन् भने बाँकी ४ जना सदस्य समितिले मनोनयन गर्नेछ ।
पुस्तकालयका कार्यवाहक सभापति हरिप्रसाद न्यौपानेको सभापतित्व तथा प्राध्यापक डाक्टर गङ्गाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा भाषाविद् चूडामणि रेग्मी, पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडा, सहप्राध्यापक चूडामणि वशिष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गोपाल आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिव हरिकिशोर आचार्यले राखेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।