मोरङ । बेलबारी साहित्य विकास समितिको ५८ औँ शृङ्खला भर्चुअल कविगोष्ठीको रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
प्रमुख अतिथि धमलाले आफ्नो मन्तव्यका क्रममा भन्नुभयो, “अहिले नेपाली समाजमा व्याप्त रहेको भ्रष्टाचार, पश्चगामी चिन्तन र सांस्कृतिक विद्रुपीकरणका विरुद्ध कविले प्रतिरोधात्मक कविता लेख्न सक्नुपर्छ । फतफत नारा लेखेर कवि हुन सकिँदैन । कवि हुन त कवितामा कला र विचारको सुललित हुनुपर्छ ।”
अतिथि कविहरूमा मुक्ति पोखरेल, दुर्गाप्रसाद सिग्देल, शकुन्तला मञ्जरी, शारदा कार्की, बिनुबाबा कार्की, टीका मिलन घिमिरे, निर्मला बराल, विष्णु भण्डारी आचार्य, गङ्गा पौडेल, रश्मी रिमाल र उत्तम भेटवालले आआफ्नो कविता वाचन गर्नुभएको थियो ।
यस भर्चुअल कविगोष्ठीको सञ्चालन तथा अध्यक्षता बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकालीले गर्नुभएको थियो । यस क्रममा उहाँले आफ्नो गजलवाचनसहित भर्चुअल कविगोष्ठीको समापन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।