नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को पाँचौँ अभ्यास २०८० मंसिर २९ गते सम्पन्न भएको छ । ‘विलोम’को उद्देश्य अनुरूप पाँचौँ भेटघाट सुप्रशिद्ध आख्यानकार एवं कवि राजवसँग भएको हो ।

लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा यस अभ्यास अन्तर्गत स्रष्टा राजवसँग झण्डै तीन घण्टा नेपाली लघुकथाको इतिहास देखि लघुकथा के हो  र कस्तो हुनुपर्छ, लघुकथा लेखनमा देखा परेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध विषय र उहाँको लघुकथा लेखनका बारेमा समेत विस्तृत कुराकानी भएको थियो ।

लघुकथाकारत्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत पाँचौँ अभ्यास वसन्तपुर काठमाडौमा भएको हो । यसको पहिलो अभ्यास २०७९ फागुन ३ गते गरिएको थियो ।