साहित्यकार हरिप्रसाद भण्डारीले विद्यावारिधि हासिल गरेका छन् । विशेषतः लघुकथाकारका रूपमा स्थापित भण्डारीले ‘नेपाली लघुकथामा व्यङ्ग्य’ शीर्षकमा अनुसन्धान गरी विद्यावारिधि (PHD) को उपाधि हासिल गरेका हुन् ।

जनप्रशासन र नेपालीमा स्नातकोत्तर गरेका भण्डारीले ‘विनय कसजुका लघुकथामा व्यङ्ग्य’मा दर्शनाचार्य गरी ‘नेपाली लघुकथामा व्यङ्ग्य’ शीर्षकमा विद्यावारिधि गरेका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा हालै प्रकाशित परीक्षा परीणामको सूचनाले भण्डारीकाे विद्यावारिधिलाई पुष्टि गरेकाे छ ।

साझा प्रकाशन, सञ्चालक समितिका सदस्य ड़ा. हरिप्रसाद भण्डारीका ‘चिराग’, ‘काला सर्पको खोजी’, ‘अविरल यात्रा’ गरी तीन लघुकथा सङ्ग्रह तथा  नियात्रा, कथा र बालसाहित्यका पुस्तकहरू प्रकाशित छन् ।