अनेसास जापानको अध्यक्ष अध्यक्षमा अरुण पौडेल निर्वाचित हुनुभएको छ ।

अनेसास जापान च्याप्टरको १३ औँ अधिवेशन तथा ६७ औँ नियमित साहित्य शृङ्खला टोकियोमा एक भव्य साहित्यिक समारोहमा पाैडेललाई निर्वाचित गरिएको हो ।

संस्थाका निवर्तमान अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत महामहिम डा. दूर्गा बहादुर सुबेदी क्षेत्रीको प्रमुख आतिथ्यमा उक्त अधिवेशन सम्पन्न भएको थियो । पाैडेलले २०२३ देखि २०२५ सम्म कार्यकाल सम्हाल्नेछन् । उक्त अधिवेशनले  वरिष्ठ उपाध्यक्षमा आनन्द अधिकारी सहित उपाध्यक्षमा दीपा घिमिरे र शरद पोख्रेल निर्वाचन गरिएको छ ।

महासचिवमा अनिल कुमार निर्दोष निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा मञ्जु गिरी वन र सहकोषाध्यक्षमा सरिता चौधरी निर्वाचित हुनुभएको छ ।

सचिवमा केबी पारखी, मनोज मौसम केसी र संगिता कुवँरलाई निर्वाचित गरिएको छ भने सदस्यहरूमा नारायण पोख्रेल, सरोज घिमिरे, बिनिशा सापकोटा, सुरज हुक्पा चोङ्वाङ, भगवती क्षेत्री, सुनिन न्यौपाने, यमलाल कँडेल, केशव ज्ञवाली, प्रेम पौडेल निर्वाचित हुनुभएको छ भने नयाँ कार्यसमितिको पहिलो बैठकले दुई जना सदस्य मनोनयन गर्ने जानकारी संस्थाका संरक्षक तथा निर्वाचन समितिका संयोजक दिनेशराज ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित दर्जन बढी सर्जकहरूले आ आफ्ना रचना वाचन गर्नुभएको थियो । संस्थाका संरक्षक तथा निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले अनेसास जापानको विगत, वर्तमान र भविष्य विषयमा आफ्नो टिप्पणी राख्नुभएको थियो ।

पूर्वअध्यक्ष आलोक चालिसे, दिनेश राज ज्ञवाली, पूर्व अध्यक्ष तथा बिओटी उपसभापति बिष्णु प्रसाद घिमिरे, पूर्व अध्यक्ष तथा केन्द्रीय सचिव दीप पाठक, पूर्व अध्यक्ष गिरिजा गैह्रे लगायतले आआफ्ना रचना वाचन सहित पुरानो कार्यसमितिलाई सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकामा हार्दिक बधाई दिँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

संस्थाको १३ औँ अधिवेशनको अवसर पारेर नेपाली पत्रकारिताका माध्यमबाट अनेसासलाई विभिन्न तरिकाले सहयोग पुराएको भन्दै जापानमा क्रियाशील पत्रकारहरूलाई कदरपत्रले सम्मान गरिएको थियो । साथै अनेसास जापानको मुख पत्र साकुरा फूल्दा -७ बालबालिका विशेषको विमोचन गरिएको थियो ।

करिब ६ घण्टासम्म चलेको कार्यक्रममा १०० भन्दा बढी साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण शरद पोख्रेलले गरेका थिए ।