युवा कवि आर.बी. निश्चलको कृति ‘उल्टो धार’ प्रकाशन हुने भएको छ । जीवन, अस्तित्व र समयका गहन चिन्तन – दर्शनका कविता लेख्ने  निश्चल  लुम्बिनी काव्य साहित्य रत्न सम्मानद्वारा सम्मानित कवि प्रतिभा हुन् ।

उनको यो कवितासंग्रह फिनिक्स बुक्सले प्रकाशन गर्न लागेको हो ।

कवितासँगै  एक दशकदेखि शिक्षक पेशामा आबद्ध रही विभिन्न विद्यालयमा प्रधानाध्यापकका रूपमा समेत कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् ।

निश्चलका यसअघि मौन हिमाल, आँसु खस्दै गर्छ, पैताला पुकार  र किस्ताकिस्तामा जिन्दगी गरी चार कवितासंग्रह र एक खण्डकाव्य सपनाफूल प्रकाशित भइसकेका छन् ।

कवि निश्चलले २०५२ सालबाट कविता लेख्न थालेका हुन् ।  वि. सं. २०६० सालमा पाल्पाको तानसेनबाट नव जनचेतना पत्रिकामा प्रकाशित ‘तिम्रो आशामा’  शीर्षकको कविता उनको पहिलो प्रकाशित रचना हो । प्रकाशोन्मुख ‘उल्टो धार’ पुस्तकमा समयचिन्तन,  प्रश्न र आफ्नै आँखा गरी तीन खण्डमा ४८ कविता समेटिएको उनले बताए ।