
अमेरिका । सांस्कृतिक सत्ता र समताका लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो श्रृङ्खला अमेरिकाको नर्थ क्यारोलाइनामा सम्पन्न भएको छ ।
काायक्रममा कुलपति राईले ९ वटा कविता वाचन गर्नु हुँदै आफू अमेरिकी नेपाली समाज र संस्कृतिको अध्ययन गर्न आएको बताउनु भए ।
यसअघि चितवनबाट सुरु भएको राईको कविता वाचनको श्रृङ्खला अमेरिकाकै अर्को राज्य बोस्टनमा दोस्रोपटक आयोजना गरिएको थियो ।
कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर, नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साहित्यपोस्ट
२०७८ असार २९ ०९:५०