दाङ / राप्ती अञ्चलमा जन्मिएका तथा राप्तीलाई कर्मथलो बनाएर साहित्य सिर्जना लागेका लेखकहरूका रचनालाई समेटेर केही दिनमै “राप्ती काव्य शहर” अनलाइन बजार सञ्चालनमा आउँदै छ । यसको संयोजक साहित्यकार तथा साहित्यपोस्टका छन्द कविता सम्पादक यम रेग्मीले गर्नु भएको छ ।

राप्तीका लेखकहरूका साथै अन्य जिल्लाका लेखकका पुस्तकलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याई बिक्री वितरण गर्ने, आफ्नै लगानीमा पुस्तक प्रकाशन गरेर निःशुल्क रूपमा वितरण गर्ने परम्पराको अन्त्य गर्ने, लेखकलाई आर्थिक रूपमा सबल बनाउने यसका उद्देश्य रहेको रेग्मीले बताउनु भयो ।

उहाँले घरमै बसीबसी सजिलोसँग आफूले रोजेको पुस्तक प्राप्त गर्न, घरमै थन्किएर बसेका धेरै लेखकहरूका पुस्तकले मूल्य पाउने, साथै तिनको राम्रो प्रचार प्रसार गरिने, केही युवायुवतीहरूले समेत यसमा रोजगारी पाउने अपेक्षा गरिएको छ ।

विदेश रहनुभएका नेपालीभाषी तथा गैरभाषीका छोराछोरीलाई नेपाली भाषा, कला, साहित्य र संस्कृति जानकारी गराई आवश्यक परेको खण्डमा नेपाली विषयका विज्ञशिक्षकको व्यवस्था गराउने, अन्तर्राष्ट्रिय रूपमा पठन संस्कृति विकास गर्ने, हरेक देशमा रहेका लाइब्रेरीमा नेपाली पुस्तकलाई पुर्‍याउने यसको उद्देश्य रहेको रेग्मीले बताउनुभयो ।

राप्तीपछि केही समयमै देशभित्र र देशबाहिर पनि पुग्ने संयोजक रेग्मीले बताउनुभयो । उहाँले साहित्यकारहरूलाई आफूले लेखेका पुस्तकका आवरण पृष्ठ र पुस्तकको मूल्यसूचि उपलब्धि गराइदिनसमेत अनुरोध गर्नुभएको छ ।

मेरो रिजर्भेसन सर्भिस प्रा.लि. नेपालद्वारा सञ्चालित सो कार्यक्रमको प्रबन्धकको रूपमा पोल्यान्डमा रहनुभएका साहित्यकार तथा समाजसेवी मित्रलाल पार्दे रहनुभएको छ ।