
नेपालको चर्चित साङ्गीतिक समूह १९७४ एडी दुबई र अबुधावीमा प्रस्तुति दिएर स्वदेश फर्किएको छ । युएईको नेसनल डेको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ब्याण्डले डिसेम्बर २ मा दुबई र डिसेम्बर ३ मा अबुधावीमा प्रस्तुति दिएको हो ।
वैदेशिक रोजगारीको क्रममा रहेका नेपाली श्रोताहरूको ठुलो सङ्ख्याको उपस्थितिबिच ब्याण्डले ‘यो मन त मेरो नेपाली हो’, ‘परेलीमा’, ‘मुटु भरि भरि’, ‘गुँराशै फुल्यो’ जस्ता चर्चित गीतहरू सुनायो ।
‘हामीलाई नजिकैबाट सुन्ने श्रोताहरू आउनुभएको थियो । विदेशमा हुने नेपालीहरूलाई बजाउँदा जहिल्यै पनि विशेष हुन्छ । उहाँहरूले घर पुगेको ठान्नुहुन्छ ।’ प्रस्तुतिपछि प्रतिक्रिया दिँदै ब्याण्डका पर्कसनिस्ट तथा व्यवस्थापक सञ्जय श्रेष्ठले बताए ।
उनका अनुसार ब्याण्डले नयाँ प्रस्तुति डिसेम्बर ९ मा पोखरास्थित पारासिडो बारमा दिनेछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
