बुढानीलकण्ठ नगरपालिकाले लैङ्गिक हिँसा विरूद्धकाे १६ दिने अभियानमा चित्रकला प्रदर्शनी गर्नेभएकाे छ । नगरपालिकाले ‘हाम्रो सचेतना’ शीर्षकमा चित्रकला प्रदर्शनी गर्न लागेकाे हाे ।

नगरपालिकाले प्रदर्शनीमा सहभागी हुन ईच्छुक चित्रकारहरूलाई नियम तथा सर्तहरू पालना गरी प्रदर्शनीमा सहभागिता जनाउन आव्हान गरेको छ ।

चित्रमा लैङ्गिक हिँसाविरुद्ध सचेतता दिने भाव झल्कनु पर्ने छ भने प्रदर्शनीमा चित्रकार स्वयं उपस्थित हुनुपर्ने छ ।

चित्र बुझाउने अन्तिम मिति २०८० मङ्सिर २२ गतेसम्म रहेकाे छ । चित्र कार्यलय समयमा बुझाउनु पर्ने छ ।

चित्रकला प्रदर्शनी कार्यक्रम मिति २०८० मङ्सिर २४ गते आइतवार हुने पालिकाले जनाएकाे छ ।