
काठमाडौँ । कवि तथा नियात्राकार भवानी खतिवडालाई यस वर्षकाे ‘कवि शिरोमणि लेखनाथ पुरस्कार’ प्रदान गरिएकाे छ । लेखनाथ पुस्तकालय, चन्द्रगढीको पुरस्कार समितिकाे बैठकले सो निर्णय गरेको हो ।
सो पुरस्कार खतिवडालाई पद्यनियात्रा ‘चारखोलाको आँगनीमा’का लागि प्रदान गर्न लागिएकाे हो । पुरस्कार आगामी पौष २६ गते मनाइने वार्षिकोत्सव कार्यक्रममा अर्पण गरिने संस्थाले जनाएको छ ।
यसैगरी, पुस्तकालयले मिश्र वैजयन्तीलाई ‘श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान तथा पुरस्कार’, प्रतिभा पौडेललाई ‘श्यामकृष्ण कामक्ष श्रेष्ठ स्मृति साहित्य सम्मान तथा पुरस्कार’ डि.वी. इलामेलाई ‘भक्तकिरण स्मृति साहित्य सम्मान तथा पुरस्कार’, राजेश ढुङ्गानालाई ‘चूडामणि रेग्मी झर्रो शैली पुरस्कार’, राजेन्द्र काश्यप अधिकारीलाई छन्दोबद्ध कवि सम्मान’ अर्पण गरिने छ ।
खतिवडाको पहिलो प्रकाशित गद्यनियात्रा कृति ‘घामभन्दा पहिले’ (२०७८) ले रु. ५०,००० राशिको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ प्राप्त गरेकाे थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

