देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले १३ औँ वार्षिकोत्सव तथा संस्थाकाे आफ्नाे भवन समुघाटन भव्यताका देउखुरी लमहीमा सम्पन्न गरेकाे छ । २ चरणमा सञ्चालित कार्यक्रम क्रमशः लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादव लामिछानेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हो ।

संस्थाका अध्यक्ष हरि पाेख्रेलकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाकाे विकासमा महत्त्वपूर्ण याेगदान दिनुहुने निमबहादुर थापा, श्याम भण्डारी, घनश्याम सुवेदी र मानबहादुर चाैधरीलाई सम्मान गरिएकाे थियो । उक्त कार्यक्रममा दुुर्गागादेवी अधिकारीद्वारा लिखित ३ वटा कृतिसमेत विमाेचन गरिएको थियाे ।

यस वर्ष अग्रज स्रष्टा सम्मानबाट दुर्गादेवी अधिकारीलाई सम्मान गरिएको थियाे भने  पाठक कला संगीत सम्मानबाट संगीतकार सन्ताेष श्रेष्ठ, खिमानन्द केशरा पाण्डेय स्मृति पुरस्कारबाट सर्जक शेरबहादुर चाैधरी, विष्णु साहित्य सम्मानबाट कवि गंगानाथ काेइराला, ठागुरामपति प्रतिभा सम्मानबाट केशवदीपक शर्मालाई सम्मान गरिएको थियाे ।

त्यस्तै, शेषमणि शर्मा घिमिरेद्वारा स्थापित बाल साहित्य प्रतिभा पुरस्कारबाट क्रमशः  समिर केसी (मावि फल्कापुर), शान्ति गुप्ता (आदर्श मावि, लालमटिया) र अनिता सुनदान (शंकर मावि पिपरी) लाई संयुक्तरूपमा पुरस्कृत गरिएको थियाे ।

कार्यक्रमको सहजीकरण डा. टिकाराम उदासीले गर्नुभएको थियाे ।