लघुकथा समाज, नेपालले साहित्यकारद्वय मञ्जु काँचुली र विजय चालिसेलाई सम्मानित गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले ‘बाटुली खिलध्वज लघुकथा सम्मान—२०८०’ र ‘सावित्री केशर कथा सम्मान—२०८०’ कथाकार चालिसेलाई समर्पण गरेका हुन् ।
उक्त सम्मानका साथ सर्जकहरूलाई जनही २१ हजार १ रुपैयाँ नगद राशि प्रदान गरिएको थियो ।
स्रस्टाहरूलाई सम्मानित गर्दै प्रमुख अतिथि घिमिरेले नेपाली साहित्यमा लघुकथा लेखनबारे चर्चा गर्दै भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठहरूले २००० सालअघि नै लघुकथा लेखेको इतिहास उल्लेख गरे ।
समाजका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लघुकथा लेखनको उन्नयनमा समाजले गरेको क्रियाकलापको चर्चा गरे ।
सो अवसरमा सम्मानका संस्थापकहरूका तर्फबाट हरि थापा, सम्मानित व्यक्तित्वहरू मञ्जु काँचुली, विजय चालिसे, सुमन सौरभ, श्रीबाबु कार्की, तुलसीहरि कोइराला, तारा केसीले बोलेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।