वालिङ प्रज्ञा प्रतिष्ठानको आयोजनामा “कृति लोकार्पण, विमर्श एवम स्रष्टा सम्मान तथा विशेष काव्य वाचन समारोह – २०८०’ सम्पन्न भएकाे छ । वालिङ नगरपालिका – ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सो कार्यक्रम सम्पन्न भएकाे हाे ।
वालिङ प्रज्ञा प्रतिष्ठानका सदस्य, कवि अनन्त अर्यालको अध्यक्षतामा भएको उक्त समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन रहनुभएको थियोे । विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार विवश पोखरेल, वरिष्ठ साहित्यिक पत्रकार जयदेव भट्टराई, वालिङ नगरपालिका प्रमुख कृष्ण खाँण, निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँण, स्थानीय समाजसेवी टीकाराम पराजुली, ज्ञानप्रसाद उपाध्याय, कमला उपाध्याय, मीनाकुमारी अर्याल र शेषकान्त खनालको उपस्थिति रहेको थियोे ।
सो समारोहमा युवाकवि मिलन समीरको दोस्रो एकल शृङ्खला कविता कृति “मिलन समीर र मिलन समीरहरू” र युवा निबन्धकार शम्भु अर्यालको दोस्रो एकल निर्बन्ध आलेख कृति “मौन आवाज”को लोकार्पणसमेत गरिएको थियो ।
लोकार्पण गरिएका कृतिहरु बारेमा क्रमशः कुमार राना र अनन्त अर्यालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा शम्भु अर्याल र उहाँको परिवारका तर्फबाट स्वर्गीय बुवा स्थानेश्वर शर्मा अर्यालको स्मृतिमा स्थापना गरिएको ‘स्थानेश्वर शर्मा अर्याल स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार – २०७७’ वरिष्ठ साहित्यकार विवश पोखरेललाई समर्पण गरिएको थियो । पुरस्कृत व्यक्तित्वको बारेमा मिलन समीरले प्रकाश पारेका थिए ।
“मौन आवाज” निर्बन्ध आलेख कृतिका प्रकाशक प्रकाश पराजुलीका पिता टीकाराम पराजुली र प्रमुख आमन्त्रित व्यक्तित्व श्रीओम श्रेष्ठ रोदनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
समारोहमा स्याङ्जाली कविहरू वसन्ती अधिकारी, स्मारिका अर्याल, सुदीप सुवेदी, लक्ष्मी खनाल, कला पाठक, दिलीप तिवारी, उदय अतित, नारायण विश्वकर्मा आक्रोश, सिजन अर्याल, चण्डिकाप्रसाद भट्टराई, दीपक पराजुली, पारिश्वर न्यौपाने, लक्ष्मी अधिकारी, अतिथि कवि माधव बिडारी, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सुर्यप्रसाद डुम्रेद्वारा आफ्ना उत्कृष्ट कविता, गजल र मुक्तक रचनाहरू वाचन गरिएको थियोे ।
समारोहमा स्वागत मन्तव्य वसन्त खनालले प्रस्तुत गरेका थिए भने सहजीकरण मिलन समीरले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।