साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई पेशाले चार्टर्ड एकाउन्टेन्ट भएपनि कथा, कविता साथै समसामयिक विषयमा लेखिरहने कवि सञ्जु अधिकारीको पहिलो उपन्यास “इन्द्रेणी स्पर्श” प्राप्त भएको छ ।
२ सय ४२ पृष्ठमा बुनिएको छ । यस उपन्यासमा ‘कायापलट’, ‘बालापनको माया’, ‘पर्खाइपछिको अँगालो’, ‘मनको यात्रा’, ‘सात फन्को’, ‘बिचल्लीमा परेको रात’, ‘इन्द्रेणीको झलक’ आदि शीर्षकहरूबाट नारीको सङ्घर्षमय जीवनको कथा प्रस्तुत गरिएको छ ।
सञ्जु अधिकारी उल्लेख गर्छिन्, “यो किताबका हरेक हरफ पूर्ण रूपमा काल्पनिक भए पनि यो माटो, परिवेश, जीवनशैली, सोच र भावनालाई न्याय गर्ने जमर्को गरेकी छु । कथा र कथाका पात्रहरू देशको राजधानी सेरोफेरोकै छन् । सामान्यजस्ता लाग्ने घटना, संवादलाई पनि सकेसम्म सबेको मन छुने ढङ्गले पस्कने प्रयास गरेकी छु ।”
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “‘इन्द्रेणी स्पर्श’ नारीहरूको आफ्नै कथा हो । यसमा नारी सँगसँगै आउने पुरुषको पनि कथा छ । नारी जीवनका भाव, यात्रा तथा नारी संवेदनाका रंग समेटेर लेखिएको यस उपन्यासमा बदलिँदो परिवेशमा समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउने चरित्रमर्फत् नारीको आवाज मुखर गर्न खोजिएको छ । सम्बन्धका रङहरूमा चाहना, समर्पण, त्याग, सुख, शान्ति र आत्मीयताको गाढापन छ । मायाको आवश्यकता महसुस गर्ने हरेक मनमा ‘इन्द्रेणी स्पर्श’ले छुन्छ र हरेक छुवाइमा शब्दहरूले प्रेम र सद्भाव बाँड्ने क्षमता राख्छन् । यसमा प्रेमको स्पर्श छ ।”
कलम प्रकाशनले बजारमा ल्याएका यस पुस्तकको मूल्य ४ सय ३५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।