साहित्य संगम नुवाकोटको वार्षिक–उत्सवको अवसरमा ११ जना स्रष्टालाई सम्मान पुरस्कारद्वारा विभुषित गरिएको छ । साहित्य संगम नुवाकोटको वार्षिक–उत्सव, कृति लोकार्पण, सदस्यता वितरण, स्रष्टा सम्मान तथा पुरस्कार अर्पण एवम् काव्य गोष्ठी कार्यक्रममा ११ स्रष्टाहरूलाई सम्मान गरिएकाे हाे ।
कार्यक्रममा सुसन्देस लोक संस्कृति पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० ले विक्रमजंग शाहलाई सम्मान गरिएको हो भने धनकुमारी तामाङ रत्न पुरस्कार तथा संगम साहित्य सम्मान २०८० दिव्य लक्ष्मी पोखरेल (काठमाडौँ), स्व. भवानी अधिकारी स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान २०८० केशवराज आमोदी (चितवन), सरस्वती पौडेल/ऋषिराम पौडेल रत्न पुरस्कार तथा संगम साहित्य सम्मान – २०८० भैरवी भूगोल (नुवाकोट) लाई प्रदान गरिएकाे छ ।
यस्तै, नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० बाट प्रदीप रोदन (गोरखा), स्व. काशीनाथ गजुरेल स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान–२०८० बाट डा. धनप्रसाद सुवेदी (खोटाङ), सुसन्देश पुरस्कार तथा संगम साहित्य सम्मान २०८० बाट ओम रिजाल (दैलेख), संगम साहित्य पुरस्कार तथा सम्मान–२०८० बाट शिखरनाथ ढकाल बेलकोटे कवि (नुवाकोट), संगम साहित्य पुरस्कार तथा सम्मान २०८० बाट कविन्द्र (नुवाकोट ) तथा संगम साहित्य पुरस्कार तथा सम्मान–२०८० बाट पूर्णकला घिमिरे (मकवानपुर) लाई प्रदान गरिएको थियो । यस्तै, नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान–२०८९ ध्रुव तामाङ (नुवाकोट) लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा संगम पुरस्कार कोष स्थापनार्थ अक्षयकोषका लागि सहयोग पुर्याउनुहुने १०९ जना स्रष्टाहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।
साहित्यकार मुना धिताल अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार रामहरि रिमाल, पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खेसाहिलो), कोषाध्यक्ष मिना लामिछाने, साहित्यकार डा. सत्यराज थपलिया, साहित्यकार अरुणुकमार गिरी, धरहरा पुनर्निर्माण तथा संगम पुरस्कार कोष अभियान्ता साहित्यकार ध्रुव गजुरेल, साहित्यकार तथा मध्य मश्चिमान्चल गजल मन्चका अध्यक्ष धिरेन अनुपम, बिदुर–४ का वडा अध्यक्ष तथा साहित्यप्रेमी निलम ढुङ्गेल, संरक्षक तथा साहित्यकार मिन तामाङ्ग, साहित्यकार सरु पौडललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कुटुलीकोसा (कवितासङ्ग्रह –२०७९) – शम्भु गजुरेल “अज्ञानी“, भाव–सागर (कवितासङ्ग्रह –२०७९)– शान्ति सिग्देल, आमालाई चिठी (कविता सङ्ग्रह –२०७९) – सुविन रिमाल “प्रशान्त“, संगम (साहित्यिक पत्रीकाको– अंक ४,पूर्णाङ्क ४) समेत लोकार्पण गरिएको थियो ।
कार्यक्रमका ७० जनाभन्दा बढी स्रष्टाहरुको रचना वाचन तथा ११९ जना स्रष्टाको उपस्थितिसँगै कार्यक्रमको उत्तरार्धमा गीतकार तथा कलाकर्मी अरुण गिरीले मन्तव्यसहित आफ्ना गीतको भिडियो रेकर्डबाट कार्यक्रमका अतिथिहरूलाई नचाएर शान्त वातावरणमा मनोरञ्जन दिएका थिए ।
त्यस्तै, साहित्य संगम नुवाकोटको विशिष्ट आजीवन सदस्य तथा साहित्यकार इन्दिरा चापागाई (संखुवासभा) द्वारा स्थापित “स्व.पद्मकुमारी स्मृति साहित्य पुरस्कार“ कोषका लागि संस्थाको नामममा रू. ५१,१५१ (एकाउन्न हजार एकसय एकाउन्न) हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रम साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीको सभापतित्वमा सम्पन्न भएको थियो । विगत पाँच वर्षदेखि संस्थाले श्रष्टाहरू सम्मान गर्दै आएको संस्थाका अध्यक्ष सुमीले जानकारी दिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।