साहित्यको माध्यमबाट सामाजिक चेतना अभिवृद्धि गराउने उदेश्यको साथ पुसमा “नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव” हुने भएको छ । साहित्य संगम नुवाकोटले एक पत्रकार सम्मेलनमार्फत पुस १४ र १५ गते उक्त महोत्सव गर्न लागिएको जानकारी गराइएको छ ।
संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय वागमती प्रदेशको विशेष सहयोगमा लोक कला सस्कृति, साहित्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न, मोफसलका साहित्यकार र साहित्यको स्तरलाई सवलीकरण गर्न महोत्सव केन्द्रित रहने साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा पौडेलले जानकारी दिनुभएको छ ।
दुई दिने महोत्सवले राज्यको निकायहरु र जनप्रतिनिधिहरुलाई साहित्यप्रति ध्यानाकर्षण गराई जिम्मेवार बनाउनुको साथै लोपोन्मुख स्थानीय कला सस्कृतिहरुको खोज अनुसन्धान गरी समाजमा पुनस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । महोत्सव मार्फत पर्यटन व्यवसायको विकासमा टेवा पु¥याउनको लागि प्रादेशिक धार्मिक, सास्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।
महोत्सवको पहिलो दिन कविता बाचन, लाखे नाच, स्थानीय बालन, भजन र गजल साँझ प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । त्यस्तै दोश्रो दिन नुवाकोटको पर्यटकीय तथा धार्मिक स्थलहरु देवीघाट, बेत्रावती, सातततले दरबार लगायत स्थलहरुमा आगन्तुक व्यक्तित्वहरुलाई भ्रमण गराउने, कार्यपत्र प्रस्तुत गर्ने, साहित्यक स्रष्टा सम्मानको कार्यक्रम रहनेछ ।
साहित्य, पर्यटन तथा संस्कृति महोत्सवमा जिल्लाका साहित्यकारहरुको सहभागितामा “नुवाकोटको सिर्जना नुवाकोटे आवाज”, सातवटै प्रदेशका कविहरुको सहभागितामा “पर्या कविता बाचन”, बाल साहित्यकारहरुको सहभागितामा “मुस्कुराउँछ घाम”जस्ता कार्यक्रमहरु समेटिनेछन् ।
जनप्रतिनिधिहरुलाई सहभागी गराई “हिजो, आज र भोलीको नुवाकोट” शिर्षकमा छलफल समेत गराइने महोत्सवको कार्यतालिका रहेको छ ।महोत्सवमा साहित्यको विभिन्न विधालाई समेट्ने गरी देशभरका सय भन्दा बढी साहित्यकारहरुको सहभागी गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।